एमाले कपिलवस्तु : प्रदेशसभा ३ बाट को को परे सिफारिसमा ?

कपिलवस्तु । नेकपा (एमाले) प्रतिनिधी सभा निर्वाचन क्षेत्र समन्वय कमिटी ३, प्रदेश सभा निर्वाचन क्षेत्र ३ क र ख को वैठक जिल्लाको चन्द्रौटामा आइतवार सम्पन्न भएका छन् । वैठकले मंसिर ४ को निर्वाचनका लागि प्रतिनिधी र प्रदेश सभाका लागि उम्मेदवारको नाम सिफारिस गरेको छ ।

वैठकले संघ तर्फ नेकपा एमालेका केन्द्रिय सल्लाहकार मंगल प्रसाद गुप्ता र एमाले जिल्ला सचिवालय सदस्य टोपलाल पोख्रेलको नाम सिफारिस गरेको छ । त्यस्तै ३ को क प्रदेश सभाका लागि प्रदेश सभा सदस्य एवम् एमाले कपिलवस्तुका जिल्ला उपसचिव अर्जुन कुमार केसीको नाम सिफारिस गरेको एमाले जिल्ला सचिव सिवि गहतराजले जानकारी दिनु भयो ।

वैठकलाई एमाले पोलिटब्यूरो सदस्य एवम् राष्ट्रिय सभा सदस्य बिमला घिमिरे, एमाले केन्द्रिय सदस्य एवम् लुम्बिनी प्रदेशका सहइन्चार्ज गिरधारीलाल न्यौपाने, एमाले केन्द्रिय सदस्य शिराज अहमद फारुकी, एमाले केन्द्रिय सदस्य एवम् जिल्ला सहईन्चार्ज शुसिल कुमार श्रीवास्तव, एमाले जिल्ला अध्यक्ष डम्मर शर्मा लगायतले मन्तब्य राख्नु भएको थियो ।

नेकपा (एमाले) प्रतिनिधी सभा निर्वाचन क्षेत्र समन्वय कमिटी ३ को वैठक संयोजक सिवि गहतराजको अध्यक्षतामा, प्रदेश सभा निर्वाचन क्षेत्र ३ क को वैठक संयोजक अर्जुन कुमार केसीको अध्यक्षता र ३ को ख को वैठक संयोजक गोपाल बहादुर थापाको अध्यक्षतामा सम्पन्न भएको एमाले जिल्ला प्रचार तथा प्रकाशन विभाग कपिलवस्तुले जनाएको छ ।

प्रतिक्रिया

खबर सबै