

युवा संघको महाकाली–मेची अभियान टोली कपिलवस्तुमा, चन्द्रौटा र चारनम्बरमा भयो सभा



कपिलवस्तु । युवा संघ नेपालको केन्द्रीय कमिटीले सञ्चालन गरेको महाकाली–मेची युवा जागरण अभियानलाई कपिलवस्तुमा भव्य स्वागत गरिएको छ ।
नेकपा (एकीकृत समाजवादी) निकट युवा संघको महाकाली–मेची अभियान टोलीलाई जिल्लाको शिवपुरमा भव्य स्वागत गरिएको हो ।
खर्चिला उम्मेद्वार बहिस्कार गर्ने देखि श्रमिकलाई सम्मान र श्रम प्रति गर्व गरौं लगायतका आफ्ना विचार, दृष्टिकोण र धारणा बाड्दै हिडेको टोलीलाई युवा संघ नेपाल कपिलवस्तु र एकीकृत समाजवादी जिल्ला कमिटीले जिल्लामा स्वागत गरेको पार्टी प्रचार विभागले जनाएको छ ।
महाकाली–मेची अभियान टोलीले चन्द्रौटामा जनवादी गीतमा सांस्कृतिक प्रस्तुति प्रस्तुत गरेको थियो भने विभिन्न तहका नेताहरुले मन्तव्य दिएका थिए ।
अभियानद्धारा चन्द्रौटामा आयोजित कार्यक्रममा बोल्दै एकीकृत समाजवादीका जिल्ला अध्यक्ष लंका बहादुर हमालले देशमा बढ्दो व्यथितिको विरुद्ध युवा संघले चलाएको अभियानको प्रशंसा गर्नुभयो । युवा जागरुक नहुँदासम्म कुनै पनि देश बन्न नसक्ने भन्दै अब युवाहरुले देशको शासनसत्ता हातमा लिनुपर्ने बेला आएको बताउनुभयो । बैचारिक युवाले मात्र देश रुपान्तरण गर्न सक्ने भन्दै पार्टी निकट युवा संघले यसको लागि यस्तै युवा जागरण सञ्चालन गर्नुपर्नेमा अध्यक्ष हमालको जोड थियो ।
युवा संघका केन्द्रीय सचिव शुसील भट्टराईको सञ्चालनमा भएको कार्यक्रममा युवा संघका नेताहरुले अभियानबारे जानकारी गराएका थिए ।
उक्त टोलीले जिल्लाको वाणगंगा चारनम्बरमा पनि कार्यक्रम गरेको छ । कार्यक्रमलाई सम्बोधन गर्दै एकीकृत समाजवादीका केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज क्षेत्र बहादुर खत्रीले आसन्न चुनावमा विचार भएकालाई जिताउन आग्रह गर्नुभयो । चुनाव निकै खर्चिलो हुने गरेको भन्दै पैसाले चुनाव जित्नेका विरुद्ध युवाहरु लाग्नुपर्ने बेला आएको बताउनुभयो । साथै बढ्दो चुनावी विकृतिका विरुद्ध युवा संघले चलाएको अभियान राम्रो भएको उहाँले सुनाउनुभयो ।
सोही अवसरमा बोल्दै अनेरास्ववियूका स्थायी कमिटी सदस्य दीपक अनुरागीले युवा संघ नेपाल बैचारिक संगठन रहेको पुष्टि यसले गरेको कामले देखाएको बताउनुभयो । कुनै बेला युवा संघ धन र डनको मात्र संगठन हो भन्ने बुझाइ समाजमा रहेको भन्दै एकीकृत समाजवादीको काँधमा युवा संघको नेतृत्व आए पछि त्यो आरोप चिरिएको बताउनुभयो ।
बाणगंगामा सभा सकेर टोलीलाई रुपन्देही पठाइएको युवा संघ नेपाल कपिलवस्तुले जनाएको छ ।
टोली आइतबार दाङमा सभा सकेर कपिलवस्तु, रुपन्देही हुँदै नवलपरासी जाने कार्यक्रम छ । भाद्र १५ देखि सुरु भएको महाकाली–मेची अभियान भाद्र २३ गते झापा पुगेर सकाउने युवा संघको लक्ष्य छ ।
टोलीमा संघका इन्चार्ज दिलु पन्त, अध्यक्ष नरेश शाही लगायत सांस्कृतिक टोलीसहित ५० जनाको सहभागीता छ भने, प्रत्येक जिल्ला जिल्लामा हजारौंको संख्यामा उपस्थिति रहने गरेको छ ।


खबर सबै
-
नेपाली कांग्रेस बाणगंगा ९ को सभापतिमा थापाले पाए नेतृत्व
-
नेपाल प्रिमियर लिगका लागि डिआरएसको परीक्षण, लिगलाई आइसिसीको मान्यता अन्तिम चरणमा
-
बंगालको खाडीबाट आउँदैछ ठूलो वर्षाको खतरा, असोज १० सबैभन्दा जोखिमपूर्ण
-
बुटवल–गोरुसिङ्गे सडक : दुई वर्षमा अट्ठाइस प्रतिशत काम
-
पाल्पामा गाडी दुर्घटना, एक जनाको मृत्यु
-
माउण्ट एभरेस्ट सहकारीकाे २८ ओैँ साधरणसभा सम्पन्न
-
बुटवल–गोरुसिङ्गे सडक : दुई वर्षमा अट्ठाइस प्रतिशत काम
-
पाल्पामा गाडी दुर्घटना, एक जनाको मृत्यु
-
माउण्ट एभरेस्ट सहकारीकाे २८ ओैँ साधरणसभा सम्पन्न
-
‘कालो केश’मा असिम क्षेत्रीको फरक अवतार, दर्शकको रोजाइमा नयाँ गीत
-
एकैदिन तोलामा ३६ सय रूपैयाँ बढ्यो सुनको भाउ, आज कतिमा हुँदैछ किनबेच?
-
लुम्बिनी प्रदेशमा आजदेखि संविधान दिवसका कार्यक्रम सुरु






प्रतिक्रिया