

दाङ २ बाट शंकर पोखरेल सर्वसम्मत उम्मेदवार सिफारिस



बुटवल । आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि नेकपा (एमाले)ले शंकर पोखरेललाई दाङ क्षेत्र नम्बर २ बाट सर्वसम्मत उम्मेदवार सिफारिस गरेको छ।
आइतवार बसेको २ नम्बर क्षेत्रीय कमिटीको बैठकले लुम्बिनी प्रदेशका पूर्व मुख्यमन्त्री तथा एमालेका महासचिवसमेत रहेका पोखरेलको एकल नाम सिफारिस गरेको जिल्ला सचिव मनोहर बुढाथोकीले जानकारी दिए। २०७४ सालको निर्वाचनमा प्रदेशसभातर्फ दाङ क्षेत्र नम्बर २ (क) बाट निर्वाचित भएका पोखरेल लुम्बिनी प्रदेशको मुख्यमन्त्री बनेका थिए।
२०७४ मा दाङ २ बाट प्रतिनिधिसभा सदस्यमा नेकपा (माओवादी केन्द्र)का नेता कृष्णबहादुर महरा निर्वाचित भएका थिए। त्यतिखेर एमाले र माओवादीबिचमा चुनावी गठबन्धन भएको थियो।
लुम्बिनी प्रदेशको स्थायी राजधानी बुटवलबाट दाङ सार्न महत्वपूर्ण भूमिका खेलेका पोखरेल पार्टी अध्यक्ष केपी शर्मा ओली नजिकका नेता हुन्।


खबर सबै
-
नेपाली कांग्रेस बाणगंगा ९ को सभापतिमा थापाले पाए नेतृत्व
-
नेपाल प्रिमियर लिगका लागि डिआरएसको परीक्षण, लिगलाई आइसिसीको मान्यता अन्तिम चरणमा
-
बंगालको खाडीबाट आउँदैछ ठूलो वर्षाको खतरा, असोज १० सबैभन्दा जोखिमपूर्ण
-
बुटवल–गोरुसिङ्गे सडक : दुई वर्षमा अट्ठाइस प्रतिशत काम
-
पाल्पामा गाडी दुर्घटना, एक जनाको मृत्यु
-
माउण्ट एभरेस्ट सहकारीकाे २८ ओैँ साधरणसभा सम्पन्न
-
बुटवल–गोरुसिङ्गे सडक : दुई वर्षमा अट्ठाइस प्रतिशत काम
-
पाल्पामा गाडी दुर्घटना, एक जनाको मृत्यु
-
माउण्ट एभरेस्ट सहकारीकाे २८ ओैँ साधरणसभा सम्पन्न
-
‘कालो केश’मा असिम क्षेत्रीको फरक अवतार, दर्शकको रोजाइमा नयाँ गीत
-
एकैदिन तोलामा ३६ सय रूपैयाँ बढ्यो सुनको भाउ, आज कतिमा हुँदैछ किनबेच?
-
लुम्बिनी प्रदेशमा आजदेखि संविधान दिवसका कार्यक्रम सुरु






प्रतिक्रिया