

संकटग्रस्त घोषित क्याम्पसलाई नगरपालिकाको एक करोड सहयोग


गुल्मी
आर्थिक रूपले संकटग्रस्त घोषणा गरिएको गुल्मीको रेसुंगा बहुमुखी क्याम्पसलाई रेसुंगा नगरपालिकाले यस आर्थिक वर्षमा एक करोड सहयोग गर्ने भएको छ ।
नगरप्रमुख खिलध्वज पन्थीले शनिबार बिहान पत्रकार सम्मेलनको आयोजना गरि गुल्मीको भाग्य र भविष्यसँग जोडिएको क्याम्पसमा आर्थिक दायित्व बढेकोले एक करोड आर्थिक सहयोग गर्ने निर्णय गरिएको जानकारी दिएका छन्।
‘गुल्मीको समुन्नतिको आधार रेसुंगा क्याम्पस नै हो।’ पत्रकार सम्मेलनमा पन्थीले भने, “नगरपालिका शैक्षिक धरोहर जोगाउन प्रतिबद्ध छ ।”
क्याम्पसलाई पुरानै लयमा फर्काएर नयाँ ढंगबाट सन्चालन गर्नका लागि नगरपालिकाले आगामी दिनमा पनि सहयोग गर्ने नगरपालिका प्रमुख पन्थीले प्रतिबद्धता जनाए।
‘राजनीतिक पार्टीमा क्रियाशील प्राध्यापकहरु छन् । उनीहरुको कटौतीबीना क्याम्पसको आर्थिक दायित्व घट्दैन, के गर्नुहुन्छ ?’ भन्ने पत्रकारको प्रश्नमा नगरपालिका प्रमुख पन्थीले आफू निर्मम बन्ने बताए ।
उनले कुनै राजनिितक पार्टी, नातागोता, इष्टमित्र र कुनै बहाना नदेखाई प्राध्यापक र कर्मचारी कटौतीमा सहयोग गर्ने संकेत गरेका छ्न ।
आफू नेपाली काँग्रेस गुल्मीको सभापति समेत रहेकोले सबै पालिकाका प्रमुखहरुलाई सहयोगका लागि आग्रह गरेको पनि उनले बताए ।
वास्तविक अवस्था संचालक समितिले बाहिर ल्याएको भन्दै पन्थीले अब दीर्घकालीन समाधान सबै मिलेर गर्नुुपर्ने भन्दै सबै सङ्ग अपिल गरे।


खबर सबै
-
उखु किसानले पाए साढे १२ करोड अनुदान
-
बाकेमा २३ हजार सवारीसाधन कारबाही हुदाँ उठ्यो १ करोड ९५ लाख राजस्व
-
हालान्ड र भोजिन्हालाई समेट्दै फिफा विश्वकपको ‘टिम अफ दी टुर्नामेन्ट’ सार्वजनिक
-
साइबर ब्यूरोद्वारा अभियन्ता वेदिका केसी पक्राउ
-
भारतपछि चीन भ्रमणको गृहकार्यमा रवि लामिछाने
-
अर्घाखाँची : ऐतिहासिक पौवा ओझेलमा






प्रतिक्रिया