

अर्थतन्त्र सुधारको बाटोमा छ, अझै पनि सजग हुनुपर्छ : गभर्नर अधिकारी



काठमाण्डाै
नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले अर्थतन्त्र सुधारको बाटोमा रहेको तर अझै पनि सजग हुनुपर्ने बताउनुभएको छ ।
नेपाल आर्थिक पत्रकार समाज (सेजन) को २४ औँ वार्षिक साधारण सभामा गभर्नर अधिकारीले अहिले बाह्य श्रम बजार खुल्दै गएको, रेमिट्यान्स केही बढेको, पर्यटन क्षेत्रमा सुधार तथा पर्यटक बढेको, निर्यातमा केही वस्तु बढेको र विद्युतको पनि निर्यात भैरहेको अवस्थामा अर्थतन्त्र सुधारिन थालेको बताउनुभयो ।
उहाँले गएको वर्षदेखि नै नेपालको अर्थतन्त्र दबावमा रहनुको मुख्य कारण विदेशी विनिमय सञ्चिति घट्नु रहेको बताउनुभयो । गभर्नर अधिकारीले गएको बैशाखदेखि नै केही वस्तुको आयातमा रोक लगाएको भन्दै अवस्था हेरेर आयात खोल्ने तयारी रहेको पनि जानकारी दिनुभयो ।
‘अहिले अवस्था केहि सहज छ, उहाँले भन्नुभयो,‘ हिजोको अवस्थाबाट पाठ सिकेर तत्कालै आयात खुला गर्नु हुन्न ।’ उहाँले अहिले विश्व नै मूल्यवृद्धिको चपेटामा परेको यसले नेपालमा समेत असर पारेको बताउनुभयो । मूल्यवृद्धिका कारण अर्थमन्त्री र गभर्नरलाई दबाव बढेको उहाँको भनाइ छ । उहाँले अर्थतन्त्रबारेका सही आर्थिक सूचना नागरिकमाझ पुर्याउन जरुरी रहेकोमा पनि जोड दिनुभएको छ ।


खबर सबै
-
‘कालो केश’मा असिम क्षेत्रीको फरक अवतार, दर्शकको रोजाइमा नयाँ गीत
-
एकैदिन तोलामा ३६ सय रूपैयाँ बढ्यो सुनको भाउ, आज कतिमा हुँदैछ किनबेच?
-
लुम्बिनी प्रदेशमा आजदेखि संविधान दिवसका कार्यक्रम सुरु
-
सालझन्डी–ढोरपाटन सडक ट्र्याक खुल्यो, बनेन पक्की
-
३० बलमै शतक ठोकेर भारतीय ओपनर अभिषेक शर्माले तोडे विश्व कीर्तिमान
-
नयाँ डिजाइनको ५० रुपैयाँको नोट आजदेखि चलनचल्तीमा
-
सालझन्डी–ढोरपाटन सडक ट्र्याक खुल्यो, बनेन पक्की
-
३० बलमै शतक ठोकेर भारतीय ओपनर अभिषेक शर्माले तोडे विश्व कीर्तिमान
-
नयाँ डिजाइनको ५० रुपैयाँको नोट आजदेखि चलनचल्तीमा
-
भारत लैजान लागिएका दुई किशोरीको नरैनापुरबाट उद्धार
-
अफवाह नफैलाउन र धार्मिक सहिष्णुता कायम राख्न कपिलवस्तु प्रशासनको अपिल
-
कृष्णभीरको सडक खुलेसँगै काठमाडौँ उपत्यकामा ग्यास पूर्ववत मूल्यमै बिक्री हुने






प्रतिक्रिया