

बड्की आइतबारी पर्वमा कपिलवस्तुका पालिकाले दिए बिदा





कपिलवस्तु सहित तराईका जिल्लामा आउँदो आइतबार थारु समुदायले बड्की आइतबारी पर्व मनाउँदै छन् । थारु समुदायको एक महत्वपूर्ण पर्वका अवसरमा कपिलवस्तुका विभिन्न पालिकाले स्थानीय बिदा दिएका छन् ।
बाणगंगा नगरपालिकाले नगरपालिका मातहतका कार्यालय तथा वडा कार्यालयहरु र स्वास्थ्य संस्थाहरुका लागि बिदा दिएको छ । नगर प्रमूख चक्रपाणी अर्याल र प्रमूख प्रशासकीय अधिकृत खिमानन्द भुषालद्धारा जारी सूचना अनुसार भदौ २ गतेको नगर कार्यपालिकाको बैठकबाट स्विकृत गरी आउदो आइतबार भदौ १९ गतेका लागि बिदा दिइएको हो । बाणगंगा नगरपालिकाले शैक्षिक संस्थाहरुको हकमा भने शैक्षिक क्यालेन्डर नै प्रकाशित भएकाले सोही अनुसार गर्न आग्रह गरेको प्रमूख प्रशासकीय अधिकृत भुसालले बताउनुभयो ।
यस्तै जिल्लाको शिवराज नगरपालिकाले पनि थारु समुदायले मनाउने बड्की आइतबारी पर्वको अवसरमा नगरपालिका मातहतका सबै कार्यालय तथा शैक्षिक संस्थाहरुमा बिदा दिएको छ । यस्तै मायादेवी गाउँपालिकाले पनि सो दिन बिदा दिएको छ ।
थारु समुदायले मनाउने अन्य पर्वहरु जस्तै बड्की आइतबारी पर्व पनि एक महत्वपूर्ण पर्व हो । कपिलवस्तु जिल्ला थारु समुदाय बाहुल्य जिल्ला रहेका कारण यहाँका स्थानीय तहहरुले यो पर्वमा हरेक वर्ष बिदा दिने गरेका छन् ।
बडकी आईतवारीको बिदा सम्बन्धी सूचना


खबर सबै
-
एसईईको नतिजा सार्वजनिक गर्ने तयारी, यसरी हेर्न सकिन्छ नतिजा !
-
दर्पण युवा क्लब राजपुरकाे अधिवेशनबाट नयाँ नेतृत्व चयन
-
स्रोत नखुलेको ६ लाख भारतिय रुपैंयासहित दुई जना पक्राउ
-
भलवाडमा ‘सहकारी पसल’ उद्घाटन, दैनिक उपभोग्यदेखि कृषि बिउविजनसम्म अब एउटै थलोमा
-
सानाकिसानद्वारा कृषि यान्त्रिकरण सामग्री वितरण
-
मानवता र सेवाभाव फैलाउँदै युनाइटेड स्टुडेन्ट एकेडेमीका विद्यार्थी
-
भलवाडमा ‘सहकारी पसल’ उद्घाटन, दैनिक उपभोग्यदेखि कृषि बिउविजनसम्म अब एउटै थलोमा
-
सानाकिसानद्वारा कृषि यान्त्रिकरण सामग्री वितरण
-
मानवता र सेवाभाव फैलाउँदै युनाइटेड स्टुडेन्ट एकेडेमीका विद्यार्थी
-
टिप्परको ठक्करबाट मोटरसाइकलमा सवार श्रीमतीको मृत्यु श्रीमान् घाइते
-
बुटवलमा भूमिहीन तथा सुकुमबासीहरूले गरे प्रदर्शन, सरकार ‘निरंकुश’ शैलीमा अघि बढेको आरोप
-
स्वास्थ्य प्रतिष्ठानहरू नेतृत्वविहीन बनेपछि तोकिए निमित्त प्रमुख











प्रतिक्रिया