जनता आवास कार्यक्रम : कपिलवस्तु प्रदेश सभा १ (क) मा ४२ घर बन्ने

कपिलवस्तुमा जनता आवास कार्यक्रम अन्र्तगत विभिन्न पालिकामा गरी चालु आर्थिक वर्षमा ४२ वटा घर निर्माण हुने भएका छन् । जसका लागि जनता आवास कार्यक्रस कार्यान्वयन समितिले प्रक्रिया समेत अगाडी बढाएको छ ।

जनता आवास कार्यक्रम समन्वय समितिका संयोजक विष्णु पन्थीको संयाजकत्वमा बसेको बैठकले कपिलवस्तुको प्रदेश सभा निर्वाचन क्षेत्र १ (क) अन्र्तगत पर्ने बाणगंगा नगरपालिका, कपिलवस्तु नगरपालिका र मायादेवी गाउँपालिकामा गरी ४२ घर निर्माणका लागि वडा तहबाट निवेदन माग गर्ने निर्णय गरेको हो । जस अन्र्तगत बाणगंगा नगरपालिकामा वडा नम्बर ७,९ र १० मा क्रमशः ८ , ७ र ८ वटा घर बन्ने छन भने कपिलवस्तु नगरपालिका भित्र वडा नम्बर ९ र १० मा समान ६÷६ वटा घर बन्ने छन् । यस्तै मायादेवी गाउँपालिकाको वडा नम्बर ३ मा ७ वटा गरी कुल ४२ घर निर्माण हुने प्रदेश सभा सदस्य समेत रहेका कार्यक्रम समन्वय संयाजक विष्णु पन्थीले आफ्नो सामाजिक सञ्जाल मार्फत जानकारी दिएका छन् ।

घर बिहिन दलित, मुस्लिम र अल्पसंख्यकको लागि राज्यले दिने यो सुबिधा बाँकी वडाहरुमा पहिले समानुपातिक ढंगले वितरण गरिएको समेत उनको उल्लेख छ । यस वर्ष तोकिएका वडाहरुमा यसै वर्ष कायृक्रम कार्यान्वयनका लागि आ आफ्नो वडा कार्यालयमा सम्पर्क गर्न पनि पन्थीेले आग्रह गरेका छन् ।

नेपाली नागरिकता भएका, आफ्नो जग्गा जमिनमा सामान्य झुपडीमा बसोबास गर्दै आएका विपन्न वर्गका दलित, मुस्लिम तथा सिमान्तकृत परिवारका लागि प्रदेश सरकारले जनता आवास कार्यक्रम अन्र्तगत सो घर बनाईदिने गरेको छ ।

प्रतिक्रिया

खबर सबै