

बिरामीलाई चर्को पार्किङ शुल्क



रामेछापकी लक्ष्मी केसीलाई उपचार गराउन वीर अस्पताल पुगेका विनोद केसीले दिनभरिको सवारी पार्किङबापत २७५ रुपियाँ तिर्नुपर्यो । वीर अस्पतालको आकस्मिक कक्षको सामुन्नेको सडकमा मोटरसाइकल पार्किङ गरेबापत सो रुपियाँ मागेपछि सुरुमा त उनी अक्मकिए तर त्यति शुल्क नबुझाएर उम्किनै पाएनन् ।
सवारीसाधन लिएर स्वास्थ्य उपचार गराउन वीर अस्पताल पुगेका बिरामी र कुरुवा पार्किङबापत चर्को शुल्क तिर्न बाध्य छन् । पार्किङबापत प्रतिघण्टा २५ रुपियाँ तिर्नुपर्छ । युनिफाइड कोभिड–१९ केन्द्रीय अस्पताल ९वीर०का प्रमुख प्रशासकीय अधिकृत डा. भूपेन्द्र बस्नेतले पार्किङ शुल्क नलिइदिन पटक–पटक काठमाडौँ महानगरपालिकालाई पत्रमार्फत अनुरोध गरेकम थिए ।
सुनुवाइ नगरिएको गुनासो गर्दै उनले भने “अस्पताल अगाडि चर्को शुल्क उठाउनु गलत हो तर हाम्रो कुरा सुन्न पालिका तयार छैन ।”
उनले कतिपय बिरामीको दुई–तीन सय रुपियाँ पनि नभएकाले निःशुल्क उपचारका लागि सिफारिसको माग गर्न आउने गरेको बताउँदै थपे, “तर उनीहरू अस्पतालबाहिर पुगेपछि सवारी पार्किङबापत उपचार खर्चभन्दा बढी शुल्क तिर्न बाध्य छन् ।”


खबर सबै
-
कपिलवस्तुका ‘कुमारको क्यामेराले’ जित्यो ‘राष्ट्रिय अवार्ड’
-
कपिलवस्तुमा ७ हजार बढी किशोरीलाई एचपीभी खोप लगाइने
-
रसुवा बाढी : एक हजार बढी शवको सुरक्षित व्यवस्थापन
-
करेन्ट लगाएर माछा मार्ने क्रममा युवकको मृत्यु
-
अपर त्रिशूली १ को सुरुङबाट ११ दिनपछि विदेशी नागरिकको जीवितै
-
जसपाको कारबाहीले लुम्बिनी सरकार संकटमा, मुख्यमन्त्रीलाई फेरि विश्वासको मतको दबाब
-
करेन्ट लगाएर माछा मार्ने क्रममा युवकको मृत्यु
-
अपर त्रिशूली १ को सुरुङबाट ११ दिनपछि विदेशी नागरिकको जीवितै
-
जसपाको कारबाहीले लुम्बिनी सरकार संकटमा, मुख्यमन्त्रीलाई फेरि विश्वासको मतको दबाब
-
कपिलवस्तुमा अटोको ठक्करबाट तीन वर्षीय बालकको मृत्यु
-
भोटेकोशी बाढीमा लुम्बिनीका २४५ जना सम्पर्कविहीन, कुन जिल्लाका कति ? (नामावलीसहित)
-
दाङमा रहेको चमेरे गुफा सुनसान






प्रतिक्रिया