

बाइकमा ‘मोबाइल स्ट्यान्ड’ राखे कारबाही



तपाईंले आफ्नो मोटरसाइकलमा मोबाइल अड्याउने ‘स्ट्यान्ड’ राख्नुभएको छ रु त्यसो हो भने ‘होसियार’ रहनुस् है १ ट्राफिक प्रहरीको कारबाहीमा जुनसुकैबेला पर्न/परिन सक्छ । उपत्यका ट्राफिक प्रहरी कार्यालयले मोटरसाइकलमा ‘मोबाइल स्ट्यान्ड’ राख्नेमाथि कारबाही अभियान थाल्ने तयारी गरेको हो ।
पछिल्लो समय ‘राइड सेयरिङ’ गर्ने बाइकचालकले ‘मोबाइल स्ट्यान्ड’ प्रयोग गर्दै आएका छन् । उपत्यका ट्राफिक प्रहरी कार्यालयले ‘राइड सेयरिङ’ एप कम्पनीलाई पत्र लेख्दै ‘स्ट्यान्ड’ हटाउन निर्देशनसमेत दिएको छ ।
मोबाइल स्ट्यान्डले दुर्घटना जोखिम बढाएको ट्राफिक प्रहरीको निष्कर्ष छ । यस्ता स्ट्यान्डले ‘बाइक मोडिफिकेसन’ भएको ठहरसमेत उसले गरेको छ । ट्राफिक प्रहरीले दुर्घटना जोखिम बढेकाले बाइकमा स्ट्यान्ड र मोबाइल अड्याउने कुनै पनि प्रकारका वस्तु नराख्न निर्देशन दिएको हो ।
नेपालको प्रचलित कानुनले मोटरसाइकलको कुनै पनि प्रकारको स्वरूप परिवर्तन (मोडिफिकेसन) गर्न रोक लगाएको छ । बाइकमा केही कुरा थप्नु वा हटाउनु पनि ‘मोडिफिकेसन’जस्तै भएको ट्राफिक प्रहरीले प्रस्ट पारेको छ । मोटरसाइकलमा स्ट्यान्ड राखेमा कारबाही गर्ने चेतावनीसमेत दिइएको छ ।
यो समाचार राजधानी दैनिकमा छ ।


खबर सबै
-
कपिलवस्तुका ‘कुमारको क्यामेराले’ जित्यो ‘राष्ट्रिय अवार्ड’
-
कपिलवस्तुमा ७ हजार बढी किशोरीलाई एचपीभी खोप लगाइने
-
रसुवा बाढी : एक हजार बढी शवको सुरक्षित व्यवस्थापन
-
करेन्ट लगाएर माछा मार्ने क्रममा युवकको मृत्यु
-
अपर त्रिशूली १ को सुरुङबाट ११ दिनपछि विदेशी नागरिकको जीवितै
-
जसपाको कारबाहीले लुम्बिनी सरकार संकटमा, मुख्यमन्त्रीलाई फेरि विश्वासको मतको दबाब
-
करेन्ट लगाएर माछा मार्ने क्रममा युवकको मृत्यु
-
अपर त्रिशूली १ को सुरुङबाट ११ दिनपछि विदेशी नागरिकको जीवितै
-
जसपाको कारबाहीले लुम्बिनी सरकार संकटमा, मुख्यमन्त्रीलाई फेरि विश्वासको मतको दबाब
-
कपिलवस्तुमा अटोको ठक्करबाट तीन वर्षीय बालकको मृत्यु
-
भोटेकोशी बाढीमा लुम्बिनीका २४५ जना सम्पर्कविहीन, कुन जिल्लाका कति ? (नामावलीसहित)
-
दाङमा रहेको चमेरे गुफा सुनसान






प्रतिक्रिया