

गठबन्धन भित्र रुपन्देहीको निर्वाचन क्षेत्र–२ मा नेकपा (एस) को दाबी



रुपन्देही । नेकपा एकीकृत समाजवादीले रुपन्देहीको प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर २ मा उम्मेदवारीका लागि गठबन्धनमा दाबी गरेको छ । सो पार्टीको रुपन्देही जिल्ला कमिटीको बिहीबार बसेको जिल्ला सचिवालय बैठकले गठबन्धनमा प्रतिनिधिसभातर्फ २ नम्बर र प्रदेशसभा तर्फ ३ वटा निर्वाचन क्षेत्र दाबी गर्ने निर्णय गरेको हो ।
केन्द्रीय राजनीतिमा भएको सहमतिलाई रुपन्देहीमा पूर्ण रुपमा कार्यान्वयन गर्ने समेत सचिवालय बैठकले निर्णय गरेको जिल्ला अध्यक्ष अविराम विश्वकर्माले जानकारी दिए । बैठकले निर्वाचनमा गठबन्धनका उम्मेदवारलाई जिताउने गरी लाग्ने र आवश्यक परे एक्लै पनि निर्वाचन लड्न सक्ने गरी निर्वाचनको तयारीमा जुटन कार्यकर्तालाई निर्देशन दिएको छ ।
यसअघि सो पार्टीले रुपन्देहीका प्रतिनिधिसभाका ५ र प्रदेशसभातर्फका १० वटा निर्वाचन क्षेत्रमा नामहरु सिफारिस गरिसकेको छ । रुपन्देही निर्वाचन क्षेत्र न। २ मा पार्टीका केन्द्रीय सदस्य एवं रुपन्देही इन्चार्ज राजु गुरुङलाई एकल सिफारिस गरिएको छ ।
केन्द्रीय सदस्य गुरुङले आफूहरुले स्वाभाविक दाबी गरेको बताउँदै गठबन्धनबाट आफू नै उम्मेदवार हुने बताए । उनले आफूहरुले मात्रै बुटवलवासी र रुपन्देहीका जनताको भावनाको सम्बोधन गर्न सक्ने भन्दै निर्वाचनमा खटिनसमेत कार्यकर्तालाई आग्रह गरे ।
बैठकमा नेकपा एकीकृत समाजवादीका केन्द्रीय सदस्य सिद्धिचरण भट्टराईले मंसिर ४ को चुनावमा परिवर्तनकारी शक्ति र संविधान मास्नेबीच प्रतिस्पर्धा हुने बताए । बैठकले निर्वाचन क्षेत्र अनुसार चुनावी रणनीति र जनताको बीचमा पुग्ने कार्यक्रम लिएर जाने निर्णय गरेको जिल्ला उपाध्यक्ष श्रीराम यादवले बताए ।


खबर सबै
-
कपिलवस्तुका ‘कुमारको क्यामेराले’ जित्यो ‘राष्ट्रिय अवार्ड’
-
कपिलवस्तुमा ७ हजार बढी किशोरीलाई एचपीभी खोप लगाइने
-
रसुवा बाढी : एक हजार बढी शवको सुरक्षित व्यवस्थापन
-
करेन्ट लगाएर माछा मार्ने क्रममा युवकको मृत्यु
-
अपर त्रिशूली १ को सुरुङबाट ११ दिनपछि विदेशी नागरिकको जीवितै
-
जसपाको कारबाहीले लुम्बिनी सरकार संकटमा, मुख्यमन्त्रीलाई फेरि विश्वासको मतको दबाब
-
करेन्ट लगाएर माछा मार्ने क्रममा युवकको मृत्यु
-
अपर त्रिशूली १ को सुरुङबाट ११ दिनपछि विदेशी नागरिकको जीवितै
-
जसपाको कारबाहीले लुम्बिनी सरकार संकटमा, मुख्यमन्त्रीलाई फेरि विश्वासको मतको दबाब
-
कपिलवस्तुमा अटोको ठक्करबाट तीन वर्षीय बालकको मृत्यु
-
भोटेकोशी बाढीमा लुम्बिनीका २४५ जना सम्पर्कविहीन, कुन जिल्लाका कति ? (नामावलीसहित)
-
दाङमा रहेको चमेरे गुफा सुनसान






प्रतिक्रिया