

राष्ट्रपतिसँगकाे भेटमा प्रचण्ड– ‘नागरिकता विधेयकमा तपाईँ र हाम्राे धारणा एउटै छ’



काठमाण्डाै
नागरिकता विधेयकको बारेमा राष्ट्रपति विद्यादेवी भण्डारीले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहितका नेतासँग छलफल गर्नुभएको छ ।
राष्ट्रपतिले बोलाएपछि आज बुधवार दिउँसो प्रचण्ड केही पदाधिकारीसहित शीतल निवास जानुभएको थियो । छलफलमा राष्ट्रपति भण्डारीले नागरिकता विधेयकबारे चासो राख्नुभएको थियो । प्रचण्डले भने नागरिकता विधेयकमा राष्ट्रपतिले राखेको चासो र आफूहरूको धारणा एउटै रहेको बताउनुभयो । वैवाहिक अङ्गीकृत नागरिकताको बारेमा राष्ट्रपतिले राख्नुभएको चासो र माओवादीको धारणा समान रहेको तर संसदमा यो विषयमा राष्ट्रिय सहमति बन्न नसकेका कारण केही समस्या देखिएको प्रचण्डको भनाइ थियो ।
प्रचण्डले तत्काल जन्मसिद्ध नागरिकका सन्ततिहरू राज्यविहीन बन्ने अवस्था अन्त्य गर्नका लागि यो विधेयक ल्याइएको भन्दै यसअघि केपी शर्मा ओलीले अध्यादेशमार्फत पेस गरी राष्ट्रपतिद्वारा प्रमाणीकरण गरेका प्रावधान नै अहिले समेटिएको दाबी गर्नुभयो । उहाँले नागरिकता विधेयकमा अनावश्यक राजनीतिकरण भएको भन्दै गुनासो पनि गर्नुभएको एक नेताले जानकारी दिएका छन् ।
नागरिकता विधेयकको बारेमा राष्ट्रपतिले प्रधानमन्त्रीसहित कांग्रेस र एमालेका शीर्ष नेतासँग छलफल गरिसक्नुभएको छ ।


खबर सबै
-
‘कालो केश’मा असिम क्षेत्रीको फरक अवतार, दर्शकको रोजाइमा नयाँ गीत
-
एकैदिन तोलामा ३६ सय रूपैयाँ बढ्यो सुनको भाउ, आज कतिमा हुँदैछ किनबेच?
-
लुम्बिनी प्रदेशमा आजदेखि संविधान दिवसका कार्यक्रम सुरु
-
सालझन्डी–ढोरपाटन सडक ट्र्याक खुल्यो, बनेन पक्की
-
३० बलमै शतक ठोकेर भारतीय ओपनर अभिषेक शर्माले तोडे विश्व कीर्तिमान
-
नयाँ डिजाइनको ५० रुपैयाँको नोट आजदेखि चलनचल्तीमा
-
सालझन्डी–ढोरपाटन सडक ट्र्याक खुल्यो, बनेन पक्की
-
३० बलमै शतक ठोकेर भारतीय ओपनर अभिषेक शर्माले तोडे विश्व कीर्तिमान
-
नयाँ डिजाइनको ५० रुपैयाँको नोट आजदेखि चलनचल्तीमा
-
भारत लैजान लागिएका दुई किशोरीको नरैनापुरबाट उद्धार
-
अफवाह नफैलाउन र धार्मिक सहिष्णुता कायम राख्न कपिलवस्तु प्रशासनको अपिल
-
कृष्णभीरको सडक खुलेसँगै काठमाडौँ उपत्यकामा ग्यास पूर्ववत मूल्यमै बिक्री हुने






प्रतिक्रिया