कपिलवस्तु २ ‘क’ बाट पूर्व एसएसपी थापाको नाम सिफारिस

कपिलवस्तु : नेपाली कांग्रेसले कपिलवस्तु क्षेत्र न। २ को प्रदेश ‘क’ बाट नेपाल प्रहरीका पूर्व एसएसपी विक्रम थापाको एकल नाम सिफारिस गरेको छ ।

कांग्रेस क्षेत्र न. २ ‘क’ को बैठकले मंसिर ४ गते हुने प्रतिनिधि तथा प्रदेशसभा निर्वाचन अन्तर्गत थापालाई प्रदेशमा सर्वसम्मत रूपमा सिफारिस गरेको सचिव पवन थारूले बताए ।

यस्तै सो क्षेत्रबाट समानुपातिकतर्फ मिना केसी जवारलाल थारुको नाम सिफारिस गरेको छ । काँग्रेस क्षेत्रीय समितिले उम्मेदवारको नाम जिल्लामा पठाउने छ । थापा कांग्रेस लुम्बिनी प्रदेशका कार्यसमिति सदस्य हुन् ।

नेपाल प्रहरीमा रहँदा राम्रो छवि बनाएका थापाले कांग्रेस प्रदेश महाधिवेशनमा सबैभन्दा बढी मत ल्याएर जितेका थिए ।

प्रतिक्रिया

खबर सबै