

रुपन्देहीमा भएको दुर्घटनामा दिदीभाइको ज्यान गयो



रुपन्देही । रुपन्देहीमा भएको दुर्घटनामा दिदीभाइको ज्यान गएको छ । दुई जना घाइते भएका छन् ।
तिलोत्तमा नगरपालिकाको वडा नम्बर ६ गोरकट्टाको भित्रि सडकमा हिजो बेलुका लु १६ प ६१३० र लु २८ प ४३७३ नम्बरको मोटरसाइकल ठोक्किँदा लु १६ प ६१३० मा रहेकी तिलोत्तमा ३ शङ्करनगरकी १२ वर्षीया समीक्षा खराल र उहाँका भाइ ७ वर्षीय सुग्रिव खरालको ज्यान गएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा दुई जना घाइते भएका छन् । उनीहरुको क्रिमशन अस्पताल मणिग्राममा उपचार भइरहेको छ । दुवै मोटरसाइकल तीव्र गतिमा रहेका कारण दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।


खबर सबै
-
कपिलवस्तुका ‘कुमारको क्यामेराले’ जित्यो ‘राष्ट्रिय अवार्ड’
-
कपिलवस्तुमा ७ हजार बढी किशोरीलाई एचपीभी खोप लगाइने
-
रसुवा बाढी : एक हजार बढी शवको सुरक्षित व्यवस्थापन
-
करेन्ट लगाएर माछा मार्ने क्रममा युवकको मृत्यु
-
अपर त्रिशूली १ को सुरुङबाट ११ दिनपछि विदेशी नागरिकको जीवितै
-
जसपाको कारबाहीले लुम्बिनी सरकार संकटमा, मुख्यमन्त्रीलाई फेरि विश्वासको मतको दबाब
-
करेन्ट लगाएर माछा मार्ने क्रममा युवकको मृत्यु
-
अपर त्रिशूली १ को सुरुङबाट ११ दिनपछि विदेशी नागरिकको जीवितै
-
जसपाको कारबाहीले लुम्बिनी सरकार संकटमा, मुख्यमन्त्रीलाई फेरि विश्वासको मतको दबाब
-
कपिलवस्तुमा अटोको ठक्करबाट तीन वर्षीय बालकको मृत्यु
-
भोटेकोशी बाढीमा लुम्बिनीका २४५ जना सम्पर्कविहीन, कुन जिल्लाका कति ? (नामावलीसहित)
-
दाङमा रहेको चमेरे गुफा सुनसान






प्रतिक्रिया