

सालझण्डी–तम्घास सडकका लागि डेढ अर्ब बढि रकम स्वीकृत



रुपन्देही
गुल्मीको तम्घाससम्म निकै छोटो दुरीको सालझण्डी खज्र्याङ्ग-तम्घास सडक अन्तर्गत खुर्सानेडाँडा देखि पटौती सडक निर्माणका लागि साढे डेढ अर्बभन्दा बढि रकम स्वीकृत भएको पाइएको छ ।
रेसुङ्गा नगरपालिकाका मेयर खिलध्वज पन्थीले उक्त सडक निर्माणका लागि बहुबर्षीय योजना अन्तरगत १ अर्ब ५१ करोड रकम स्वीकृत भई टेण्डर प्रकृयामा अगाडी बढेको जानकारी दिएका हुन् ।
सो सडक खण्ड दुरीका हिसाबले छोटो भए पनि बर्षौँ अघिदेखि अलपत्र परेको थियो ।
मेयर पन्थीले सामाजिक सञ्जालमा लेखेका छन्–‘ पटौती देखि राङ्गबास सडक खण्डको निर्माण कार्य पनि अगाडि बढिरहेको छ। यो टेण्डर प्रक्रिया अगाडि बढे सङ्गै अब गुल्मेली जनताको सहज र जोखिम मुक्त सडकबाट यात्रा गर्ने सपना पूरा हुदैछ। तर निर्माण कार्यलाई छिटोभन्दा छिटो सम्पन्न गर्नको लागि हामी सबैको महत्त्वपूर्ण भुमिका रहने छ। अहिलेको निर्माणको गति निकै ढिला भएको ,समयमा प्राय कुनै पनि योजना सम्पन्न नहुने ,निर्माण अवधिले निकै लामो समय लिने जस्ता कारणले गर्दा हामी सबै सचेत हुनु जरुरी छ।’
उनले गुल्मीको समुन्नतिको मेरुदण्डको रूपमा उक्त सडक आयोजनालाई समयमै सम्पन्न गर्न जिल्लाका सबै राजनैतिक दल, सबै जनप्रतिनिधिहरु ,निर्माण व्यबसायी, पत्रकार, नागरिक सबैले–आफ्नो ठाउँबाट सकरात्मक भुमिका निर्वाह गर्न अपिल समेत गरेका छन् ।
शिद्धार्थ राजमार्ग अन्तर्गत बुटवल पाल्पा सडक खण्डमा हरेक बर्ष सवारी दुर्घटना हुँदा गुल्मेली सहित धेरै मानिसको ज्यान गई सकेको छ ।
त्यसका अलवा त्यस सडकखण्ड गुल्मीका लागि निकै लामो दुरीको सडक मानिन्छ । सालझण्डी सडक निर्माणको काम सुरु भएदेखि गुल्मेलीहरु सो सडकको नियमित यात्रा लागि निकै प्रतिक्षित छन् ।


खबर सबै
-
एशियन गेम्स छनौटमा नेपाल समुह विजेता हुँदै सेमिफाइनलमा
-
अध्ययन बिदा लिएर सेवामा नफर्किएका त्रिविका प्राध्यापकबाट १० करोड ४६ लाख फिर्ता
-
खैरेनीचाैर सामुदायिक बनकाे नि:शुल्क स्वास्थ्य शिविर, चारसय बढीले लिए सेवा
-
बेंगलुरु बन्याे लगातार दोस्रोपटक आईपीएल च्याम्पियन, गुजरातलाई हराउदै चुम्याे २०२६काे उपाधि
-
संसद्मा आजदेखि बजेटमाथि छलफल सुरु हुँदै
-
रवि लामिछाने आज भारत जादै, भारतीय जनता पार्टीकाे निमन्त्रणामा हुदैछ भ्रमण
-
बेंगलुरु बन्याे लगातार दोस्रोपटक आईपीएल च्याम्पियन, गुजरातलाई हराउदै चुम्याे २०२६काे उपाधि
-
संसद्मा आजदेखि बजेटमाथि छलफल सुरु हुँदै
-
रवि लामिछाने आज भारत जादै, भारतीय जनता पार्टीकाे निमन्त्रणामा हुदैछ भ्रमण
-
वाणगंगा ९ मा जारी केशब स्मृति फुटबलको आज पाचौँ दिन ३ खेल हुने
-
सुनको मूल्य एकैदिन तोलामा साढे २० हजारले बढ्यो
-
भारतको कुशीनगरबाट ५०० नेपालीको उद्धार











प्रतिक्रिया