त्रिशुली नदी किनारमा खस्यो ट्रक

विराटनगरबाट खानेतेल लिएर काठमाडौं आउदै गरेको ना५ख ५९५५ नम्बरको ट्रक आइतवार बिहान पृथ्वीराजमार्ग अन्तर्गत धादिङको गजुरी गाउँपालिका–६ जरेखेतमा दुर्घटना भएको छ ।

सडकबाट करीब २०० मिटर तल त्रिशूली नदी किनारमा खस्दा ट्रकको अगाडिपट्टि भागमा आगलागी भएको थियो ।

ईलाका प्रहरी कार्यालय गजुरीका प्रहरी नायब उपरीक्षक भावेश रिमालको नेतृत्वको प्रहरी र आदमघाटस्थित सशस्त्र प्रहरी बलको संयुक्त टोलीसहित स्थानीयले तत्काल आगो नियन्त्रणमा लिएका थिए ।

प्रहरी नायव उपरीक्षक रिमालले भने, ‘प्रहरी र स्थानीयवासीको संयुक्त प्रयासमा समयमै आगो नियन्त्रण गर्न सकिएकाले मानवीय क्षति हुनबाट जोगियो ।’

दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

खबर सबै