

कपिलवस्तुमा मनाइयो मोतीराम भट्टको १५७ औँ जन्मजयन्ती



राधा पाण्डे, कपिलवस्तु । शनिबार कुशे औँसी तथा राष्ट्रिय विभूति युवाकवि मोतीराम भट्टको १५७ औँ जन्मजयन्ती । कपिलवस्तु सहित देशभर विभिन्न कार्यक्रम गरी मनाइएको छ ।
दधि स्मृति साहित्य समाज कपिलवस्तु ,नेपालको आयोजनामा बाणगंगा(८ बोड्गाउँ,जलेश्वरधाम बालापुरमा विशेष रचना वाचन कार्यक्रम गरि मोति जयन्ती मनाइएको हो ।
वि।सं। १९२३ भाद्र कुशे औँसीका दिन जन्मेका युवाकवि भट्टको वि।सं। १९५३ भाद्र कुशे औँसीकै दिन ३० वर्षको उमेरमा निधन भएको थियो।
कार्यक्रममा नव कपिलवस्तु साहित्य समाज कपिलवस्तुका अध्यक्ष संस्कृतविद तथा वरिष्ठ साहित्यकारपशुपतिमणि त्रिपाठिले नेपाली साहित्यको श्रृङ्गार रसमा विशेष योगदान दिएका युवाकवि भट्टले आदिकवि भानुभक्तको जीवनी पहिलो पटक प्रकाशनमा ल्याएको बताउदै नेपाली साहित्यको श्रीवृद्धिमा उनको योगदान अतुलनीय रहेको स्पष्ट पार्नुभयो ।
यस्तै कार्यक्रममा वाणगङगा पुस्तकालयका अध्यक्ष दिलिप कार्किले साहित्यको जगेर्ना गर्दै हामी सबै अगाडी बढ्नुपर्ने बताउदै मोतिले जसरी नेपाली साहित्यलाइ उचाइमा पुर्याउने काम गरे त्यसरी नै हामी थप श्रीवृद्धिमा लाग्नुपर्नेमा जोड दिनुभयो ।
यस्तैगरि कार्यक्रममा साहित्यकार मोहन ज्ञवाली, ऋषिकेषव भारद्वाज, समीर सायर, पवन अधिकारी , बुद्धिसागर बेल्बासे, नित्यनन्द पाण्डे, कविता अधिकारी लगायतले रचना बाचन गर्नुभएको थियो ।
दधी स्मृति साहित्य समाजका अध्यक्ष लेखनाथ घिमिरेको अध्यक्षता, संस्थाका उपाध्यक्ष दुर्गा अधिकारीको स्वागत तथा राधा पाण्डेको संचालनमा कार्यक्रम सप्पन्न भएको थियो । कार्यक्रममा ४० बढी साहित्यकारहरुको सहभागिता रहेको थियो ।


खबर सबै
-
भैरहवास्थित क्यासिनोमा प्रहरीको छापा, ६ जना पक्राउ
-
महालेखाले थाल्यो ४४ जिल्लाबाट पहिलो चरणको स्थलगत लेखापरीक्षण
-
कृषकको खेती जोगाउने प्रयास : बाँदर धपाउन हेरालु, बँदेल रोक्न काँडेतार
-
एनपीएल च्याम्पियन टोली ‘लुम्बिनी लायन्स’को हस्पिटालिटी पार्टनरमा ‘भिभान्ता’
-
गुल्मीमा महिला मृत फेला, करेन्ट लागेको आशंका
-
सल्यानमा बोलेरो जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु, चार घाइते
-
एनपीएल च्याम्पियन टोली ‘लुम्बिनी लायन्स’को हस्पिटालिटी पार्टनरमा ‘भिभान्ता’
-
गुल्मीमा महिला मृत फेला, करेन्ट लागेको आशंका
-
सल्यानमा बोलेरो जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु, चार घाइते
-
लुम्बिनी प्रदेशमा भदाै २९ गते सार्वजनिक बिदा
-
लुम्बिनी सरकारको ठूलो निर्णय : घरेलु कार्यालयमै पाइनेछ यातायात सेवा
-
रसुवा–भोटेकोशी बाढीपीडितका लागि शुद्धोदन जनजीवन माविको रु. १ लाख ३० हजार ९ सय सहयोग






प्रतिक्रिया