

विद्यार्थीले बनाए विषादी छर्कने ड्रोन



महोत्तरी — महोत्तरीको बर्दिवास–३ स्थित जनता माध्यमिक विद्यालय गौरीडाँडाका विद्यार्थीले बालीमा विषादी छर्किने ड्रोन बनाएका छन् ।
कक्षा १२ मा बाली विज्ञान अध्ययन गरिरहेका शिक्षकहरू गंगाप्रसाद फुयाल र सतिश जोशीको सहयोगमा विद्यार्थीहरू अभिषेक अधिकारी, बिक्की जैसवाल र प्रमोद ठाकुरले उक्त ड्रोन बनाएका हुन् ।
विद्यार्थी अधिकारीका अनुसार औषधिघुलित ७ लिटरसम्म पानी ड्रोनले बोक्न सक्ने र १० किलोमिटर क्षेत्रभित्र उडान गरी ३० मिनेटसम्म छर्न सक्ने क्षमता छ ।
करिब ३ लाख रुपैयाँ लागतमा २ महिना लगाएर ड्रोन बनाइएको हो । ड्रोनमा ३ सय केभीको मोटर र एफपीभी क्यामेरा जडान गरिएको छ । ड्रोन बनाउन स्टिल, प्लाई र रंग प्रयोग गरिएको छ । विद्यालयका प्रधानाध्यापक दीपक बरालले ड्रोनको सफल परीक्षण भइसकेको बताए ।
आजको कान्तिपुरमा समाचार छ ।
![]()


खबर सबै
-
कपिलवस्तुका ‘कुमारको क्यामेराले’ जित्यो ‘राष्ट्रिय अवार्ड’
-
कपिलवस्तुमा ७ हजार बढी किशोरीलाई एचपीभी खोप लगाइने
-
रसुवा बाढी : एक हजार बढी शवको सुरक्षित व्यवस्थापन
-
करेन्ट लगाएर माछा मार्ने क्रममा युवकको मृत्यु
-
अपर त्रिशूली १ को सुरुङबाट ११ दिनपछि विदेशी नागरिकको जीवितै
-
जसपाको कारबाहीले लुम्बिनी सरकार संकटमा, मुख्यमन्त्रीलाई फेरि विश्वासको मतको दबाब
-
करेन्ट लगाएर माछा मार्ने क्रममा युवकको मृत्यु
-
अपर त्रिशूली १ को सुरुङबाट ११ दिनपछि विदेशी नागरिकको जीवितै
-
जसपाको कारबाहीले लुम्बिनी सरकार संकटमा, मुख्यमन्त्रीलाई फेरि विश्वासको मतको दबाब
-
कपिलवस्तुमा अटोको ठक्करबाट तीन वर्षीय बालकको मृत्यु
-
भोटेकोशी बाढीमा लुम्बिनीका २४५ जना सम्पर्कविहीन, कुन जिल्लाका कति ? (नामावलीसहित)
-
दाङमा रहेको चमेरे गुफा सुनसान






प्रतिक्रिया