

सासूमाथि कुटपिट गरेकाे घटना बाहिर ल्याउने ११ वर्षीय बालक सम्मानित



अछाम
अछाममा सासूलाई कुटपिट र दुर्व्यवहार गरेको घटना बाहिर ल्याउने ११ वर्षीय बालक आज शुक्रवार सम्मानित हुनुभएको छ ।
यही भदौ ७ गते अछामको पञ्चदेवल विनायक नगरपालिका ६ मा ५३ वर्षीया जैसरा न्यौपानेलाई आफ्नै बुहारीले लछारपछार गरी अमानवीय व्यवहार गरेको भिडियो खिचेर घटनाबारे जानकारी बाहिर ल्याउने त्यही ठाउँका बालक दीपेन्द्र न्याैपाने सम्मानित हुनुभएकाे हाे । न्याैपानेलाई सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री डा. रणबहादुर रावलले सम्मान गर्नुभएकाे जिल्ला प्रहरी कार्यालय अछामका सूचना अधिकारी कैलाशसिंह विष्टले बताउनुभयो ।
बालकले तत्काल घटना राेक्न नसके पनि घटनाकाे भिडियो रेकर्ड गरी समाजमा लुकेर रहेका घरभित्रका हिंसाका घटनालाई बाहिर ल्याउनुका साथै कानुनी दायरामा ल्याउनमा महत्त्वपूर्ण योगदान पुर्याएकाे भन्दै उहाँलाई सम्मान गरिएकाे हाे । मन्त्री रावलले समाजको विकास र विकृति नियन्त्रणमा हरेक व्यक्तिको भूमिका हुने भन्दै बालक न्यौपानेको कामको प्रशंसा गर्नुभयो ।
कुटपिटमा परेकी सासुको जिल्ला अस्पताल अछाममा उपचार भइरहेको छ भने दुई जना बुहारीलाई प्रहरीले पक्राउ गरेकाे छ ।


खबर सबै
-
‘कालो केश’मा असिम क्षेत्रीको फरक अवतार, दर्शकको रोजाइमा नयाँ गीत
-
एकैदिन तोलामा ३६ सय रूपैयाँ बढ्यो सुनको भाउ, आज कतिमा हुँदैछ किनबेच?
-
लुम्बिनी प्रदेशमा आजदेखि संविधान दिवसका कार्यक्रम सुरु
-
सालझन्डी–ढोरपाटन सडक ट्र्याक खुल्यो, बनेन पक्की
-
३० बलमै शतक ठोकेर भारतीय ओपनर अभिषेक शर्माले तोडे विश्व कीर्तिमान
-
नयाँ डिजाइनको ५० रुपैयाँको नोट आजदेखि चलनचल्तीमा
-
सालझन्डी–ढोरपाटन सडक ट्र्याक खुल्यो, बनेन पक्की
-
३० बलमै शतक ठोकेर भारतीय ओपनर अभिषेक शर्माले तोडे विश्व कीर्तिमान
-
नयाँ डिजाइनको ५० रुपैयाँको नोट आजदेखि चलनचल्तीमा
-
भारत लैजान लागिएका दुई किशोरीको नरैनापुरबाट उद्धार
-
अफवाह नफैलाउन र धार्मिक सहिष्णुता कायम राख्न कपिलवस्तु प्रशासनको अपिल
-
कृष्णभीरको सडक खुलेसँगै काठमाडौँ उपत्यकामा ग्यास पूर्ववत मूल्यमै बिक्री हुने






प्रतिक्रिया