

निर्वाचन आयोगद्वारा दल तथा निर्वाचन चिन्हको क्रम निर्धारण





काठमाडौं। निर्वाचन आयोगले आगामी मंसिर ४ गते हुने निर्वाचनका लागि राजनीतिक दल दर्ता, निर्वाचन चिन्हको क्रम निर्धारण गरेको छ । आयोगले प्रतिनिधिसभा तथा प्रदेश सभा सदस्य निर्वाचनका लागि ८७ दल सहभागी हुने जनाएको छ । आयोगका सहायक प्रवक्ता एवम् सहसचिव सूर्यप्रसाद अर्यालले बिहीबार विज्ञप्ति जारी गर्नुहुँदै सो जानकारी गराउनुभएको हो ।
“निर्वाचन प्रयोजनार्थ दल दर्ताका लागि तोकिएको समयावधिभित्र प्रतिनिधि सभा सदस्य निर्वाचन प्रयोजनका लागि ८० वटा दल दर्ता निवेदन र एकल चुनाव चिन्ह लिई निर्वाचनमा भाग लिने प्रयोजनका लागि ४ वटा निवेदन गरी जम्मा ८४ (चौरासी) वटा निवेदन प्राप्त हुन आएकोमा राजनीतिक दलहरूबाट दर्ता हुन आएका निवेदन लगायत अन्य कागजातहरूको अध्ययन र जाँचबुझ गर्दा आगामी प्रतिनिधि सभा सदस्य निर्वाचनमा ७९ वटा दलका निर्वाचन चिन्हहरूमध्येबाट मतपत्रमा कायम रहनेगरी जम्मा सहभागी हुने दलको संख्या ८७ कायम गरिएको छ” विज्ञप्तिमा उल्लेख छ ।
त्यसैगरी पदेश सभा सदस्य निर्वाचन, २०७९ को प्रयोजनका लागि प्रदेश १ मा ६२ दलका निर्वाचन चिन्हमध्येबाट मतपत्रमा कायम रहनेगरी जम्मा सहभागी हुने दलको संख्या ७०, मधेश प्रदेशमा ६७ वटा दलका निर्वाचन चिन्हमध्येबाट मतपत्रमा कायम रहनेगरी जम्मा सहभागी हुने दलको संख्या ७५ रहयकोग आयोगले जनाएको छ ।
त्यस्तै, बागमती प्रदेशमा ६४ वटा दलका निर्वाचन चिन्हमध्येबाट मतपत्रमा कायम रहनेगरी जम्मा सहभागी हुने दलको संख्या ७२, गण्डकी प्रदेशमा ५८ वटा दलका निर्वाचन चिन्हमध्येबाट मतपत्रमा कायम रहनेगरी जम्मा सहभागी हुने दलको संख्या ६६, लुम्बिनी प्रदेशमा ६० वटा दलका निर्वाचन चिन्हमध्येबाट मतपत्रमा कायम रहनेगरी जम्मा सहभागी हुने दलको संख्या ६८ रहेको सहायक प्रवक्ता अर्यालले जानकारी दिनुभयो ।
सोहीअनुसार कर्णाली प्रदेशमा ५६ वटा दलका निर्वाचन चिन्हमध्येबाट मतपत्रमा कायम रहनेगरी जम्मा सहभागी हुने दलको संख्या ६४ र सुदूरपश्चिम प्रदेशमा ५६ वटा दलका निर्वाचन चिन्हमध्येबाट मतपत्रमा कायम रहने गरी जम्मा सहभागी हुने दलको संख्या ६४ रहनेगरी आयोगले निर्णय गरेको छ ।


खबर सबै
-
एसईईको नतिजा सार्वजनिक गर्ने तयारी, यसरी हेर्न सकिन्छ नतिजा !
-
दर्पण युवा क्लब राजपुरकाे अधिवेशनबाट नयाँ नेतृत्व चयन
-
स्रोत नखुलेको ६ लाख भारतिय रुपैंयासहित दुई जना पक्राउ
-
भलवाडमा ‘सहकारी पसल’ उद्घाटन, दैनिक उपभोग्यदेखि कृषि बिउविजनसम्म अब एउटै थलोमा
-
सानाकिसानद्वारा कृषि यान्त्रिकरण सामग्री वितरण
-
मानवता र सेवाभाव फैलाउँदै युनाइटेड स्टुडेन्ट एकेडेमीका विद्यार्थी
-
भलवाडमा ‘सहकारी पसल’ उद्घाटन, दैनिक उपभोग्यदेखि कृषि बिउविजनसम्म अब एउटै थलोमा
-
सानाकिसानद्वारा कृषि यान्त्रिकरण सामग्री वितरण
-
मानवता र सेवाभाव फैलाउँदै युनाइटेड स्टुडेन्ट एकेडेमीका विद्यार्थी
-
टिप्परको ठक्करबाट मोटरसाइकलमा सवार श्रीमतीको मृत्यु श्रीमान् घाइते
-
बुटवलमा भूमिहीन तथा सुकुमबासीहरूले गरे प्रदर्शन, सरकार ‘निरंकुश’ शैलीमा अघि बढेको आरोप
-
स्वास्थ्य प्रतिष्ठानहरू नेतृत्वविहीन बनेपछि तोकिए निमित्त प्रमुख











प्रतिक्रिया