

कपिलवस्तुमा ‘वजाज माईलेज च्याम्पियन’ कन्टेस्ट हुने





कपिलवस्तु । कपिलवस्तुमा बजाज डिस्कवर माईलेज च्याम्पियन कन्टेस्ट हुने भएको छ । पेट्रोलको मुल्य अत्याधिक वृद्धि भएसंगै तराई भेगमा कम सि.सि. भएका मोटरसाईकल अत्याधिक मात्रामा रुचाईने गरिएकोमा वजाज कम्पनीले वजाज माईलेज च्याम्पियन आयोजना गर्ने तौलिहवामा पत्रकार सम्मेलन गरि जानकारी गराईएको छ ।
यहि भदौ १२ गते बुद्ध पद्म माध्यमिक विद्यालयको खेल मैदान तौलिहवा कपिलवस्तुमा डिस्कवर १२५ सि.सि. बाईकको वास्तविक माईलेजबारे ग्राहकहरुलाई स्पष्ट जानकारी दिने उद्देश्यले उक्त कार्यक्रमको आयोजना गरिएको वजाजको आधिकारीक विक्रेता केदारनाथ मोटरसाईकल पार्टस वर्कशप जितपुरका प्रमुख विष्णु पाठकले पत्रकार सम्मेलन मार्फत बताउनुभयो ।
१२५ सि.सि. मोटरसाईकल मध्येमा लुक्स, टिकाउ, मर्मत खर्च, स्पेयर पार्टसको सहज उपलब्धताका कारण डिस्कवर १२५ सि.सि. मोटरसाईकल ग्राहकको पहिलो रोजाई बन्न सफल भएको छ । विशेष गरि कृषक, शिक्षक, साना ठुला व्यापारीहरु, सरकारी, अर्ध सरकारी कर्मचारीहरु, ठेकेदार, बैंक तथा वित्तिय संस्था, एन.जि.ओ, आई.एन.जि.ओ. का कर्मचारीहरुको पहिलो रोजाई बनेको हंसराज एण्ड कम्पनी प्रा.लि.का क्षेत्रीय प्रबन्धक प्रकाश शर्माले बताउनुभयो ।
साथै अहिलेको पेट्रोलियम पदार्थको मुल्य वृद्धिको अवस्थामा माईलेज दिने मोटरसाईकल नै ग्राहकको मुख्य रोजाई रहेको छ त्यसैले वास्तविक कति माईलेज दिन्छ भन्ने कौतुहलता मेटाउन कार्यक्रमको आयोजना गरिएको बताईएको छ । जसमा १ सय जनालाई प्रतिस्पर्धा गराउने र प्रथम, द्धितीय र तृतीय हुनेलाई आकर्षक उपहारको समेत व्यवस्था गरिएको छ ।
केदारनाथ मोटरसाईकल पार्टस जितपुरका प्रबन्ध निर्देशक विष्णु पाठकको अध्यक्षता, हंसराज एण्ड कम्पनी प्रा.लि.का क्षेत्रीय प्रबन्धक प्रकाश शर्मा, जनरल म्यानेजर विनोद पाठक, लक्ष्मी अटो ट्रेडर्स तौहिलवका प्रमुख प्रकाश ढकाल, नेपाल पत्रकार महासंघ प्रदेश सदस्य गोपाल भण्डारी, कपिलवस्तुका पुर्व अध्यक्ष मनोज पौडेल, अध्यक्ष किरणमान बज्राचार्य, उपाध्यक्ष हरि अधिकारी लगायत अन्य पत्रकारहरुकाृ उपस्थितीमा उक्त पत्रकार सम्मेलन सम्पन्न भएको थियो ।


खबर सबै
-
एसईईको नतिजा सार्वजनिक गर्ने तयारी, यसरी हेर्न सकिन्छ नतिजा !
-
दर्पण युवा क्लब राजपुरकाे अधिवेशनबाट नयाँ नेतृत्व चयन
-
स्रोत नखुलेको ६ लाख भारतिय रुपैंयासहित दुई जना पक्राउ
-
भलवाडमा ‘सहकारी पसल’ उद्घाटन, दैनिक उपभोग्यदेखि कृषि बिउविजनसम्म अब एउटै थलोमा
-
सानाकिसानद्वारा कृषि यान्त्रिकरण सामग्री वितरण
-
मानवता र सेवाभाव फैलाउँदै युनाइटेड स्टुडेन्ट एकेडेमीका विद्यार्थी
-
भलवाडमा ‘सहकारी पसल’ उद्घाटन, दैनिक उपभोग्यदेखि कृषि बिउविजनसम्म अब एउटै थलोमा
-
सानाकिसानद्वारा कृषि यान्त्रिकरण सामग्री वितरण
-
मानवता र सेवाभाव फैलाउँदै युनाइटेड स्टुडेन्ट एकेडेमीका विद्यार्थी
-
टिप्परको ठक्करबाट मोटरसाइकलमा सवार श्रीमतीको मृत्यु श्रीमान् घाइते
-
बुटवलमा भूमिहीन तथा सुकुमबासीहरूले गरे प्रदर्शन, सरकार ‘निरंकुश’ शैलीमा अघि बढेको आरोप
-
स्वास्थ्य प्रतिष्ठानहरू नेतृत्वविहीन बनेपछि तोकिए निमित्त प्रमुख











प्रतिक्रिया