

१८ अङ्कभन्दा धेरैले घट्यो शेयर बजार



काठमाण्डौ । शेयर बजार आज बिहीवार १८ अङ्कभन्दा धेरैले घटेको छ । शेयर बजार परिसूचक नेप्से आज १८ दशमलव ३० अङ्कले घटेर दुई हजार ३९ दशमलव ५४ विन्दुमा झरेको छ ।
आज सबै समूहको शेयर घटेर बजार राताम्मे भएकोमा जलविद्युत्, विकास बैंक, उत्पादन र बीमा समूहको शेयर उच्च अङ्कले घटेको छ ।
नेप्से सूचक दोहोरो अङ्कले घटेको दिन दुई सय १९ वटा कम्पनीको ४२ लाख ३४ हजार कित्ता शेयर एक अर्ब ७१ करोड ७४ लाख रुपैयाँमा कारोबार भएको छ । सबैभन्दा धेरै हिमाल दोलखा हाइड्रोपावर कम्पनीको ११ करोड २४ लाख रुपैयाँ र रिडी हाइड्रोपावरको नौ करोड ४१ रुपैयाँको शेयर किनबेच भयो ।
आज मैलुङ खोला जलविद्युत् कम्पनीको शेयर झन्डै ६ प्रतिशतले घटेको छ । समग्रमा बजार राताम्मे भए पनि अपर हेवाखोला जलविद्युतको शेयर १० प्रतिशत र रुरु हाइड्रोको शेयर झन्डै नौ प्रतिशतले बढेको छ ।


खबर सबै
-
कपिलवस्तुमा दूध बोक्ने ट्याङ्करको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
-
अर्घाखाँचीमा मोटरसाइकल दुर्घटना हुँदा बाबु–छोराको मृत्यु
-
प्रथम वडा स्तरीय रनिङ कपको उपाधि भर्तापुरले जित्यो, पडरिया २–० ले पराजित
-
बलिङमा पुनरागमन गर्दै नेपालको जित, लिग २ मा छैटौं स्थान पक्का
-
कपिलवस्तुमा एकै बिहान साढे ४ लाखका अवैध सामान बरामद
-
सखिया नाचले थारु गाउँबस्ती गुञ्जयमान
-
बलिङमा पुनरागमन गर्दै नेपालको जित, लिग २ मा छैटौं स्थान पक्का
-
कपिलवस्तुमा एकै बिहान साढे ४ लाखका अवैध सामान बरामद
-
सखिया नाचले थारु गाउँबस्ती गुञ्जयमान
-
दशैँका बेला अवैध कारोबार, कपिलवस्तुमा साढे चार लाख बढीका सामान बरामद
-
गोली प्रहार गरी फरार व्यक्ति प्रहरीको फन्दामा
-
कपिलवस्तुमा निकालियो ५१३ दुर्गा भगवतीको मूर्ति







प्रतिक्रिया