नेसपा केन्द्रीय उपाध्यक्ष दानबहादुर चौधरी एमालेमा प्रवेश

कपिलवस्तु । जनता पार्टी नेपाल छोडेर नेपाल समाजवादी पार्टीको केन्द्रीय उपाध्यक्ष भएको केही दिन पनि नहुँदै पुर्व मन्त्री दानबहादुर चौधरी नेकपा एमालेमा प्रवेश गरेका छन् । उनी सोमबार बिहान नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीको हातबाट टिका लगाएर एमालेमा गएका हुन ।

डा बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टीका केन्द्रीय उपाध्यक्ष बनेका उनी कपिलवस्तुको मायादेवी गाउँपालिकाका स्थायी बासिन्दा हुन । उनी कपिलवस्तुमा रहेका जसपामा रहँदा लुम्बिनी प्रदेश इन्चार्ज भएर काम गरेका थिए भने जसपा विभाजन भएपछि नेपाल समाजवादी पार्टीको कन्द्रीय उपाध्यक्ष भएका थिए ।

सोमवार एमाले केन्द्रीय कार्यालय च्यासलमा आयोजित कार्यक्रममा चौधरीसहित नेसपाका लुम्बिनीका अन्य नेताहरू पनि एमालेमा प्रवेश गरेको बताइएको छ ।
२०५६ सालमा एमालेबाट कपिलवस्तुको क्षेत्र नम्बर १ को सांसद निर्वाचित भएका चौधरी मधेस आन्दोलनसँगै तराई मधेश लोकतान्त्रिक पार्टीमा आबद्ध भएर चुनाव लडेका थिए । उनी यसबीचमा महिला बालबालिका तथा समाज कल्याण मन्त्री बनेका थिए ।

नव प्रवेशीलाई एमाले अध्यक्ष केपी शर्मा ओली,महासचिव शंकर पोखरेल, सल्लाहकार परिषद्का सभापति अमृत बोहोरा लगायतका नेताले स्वागत गरेका थिए ।

यसैबिच उनको एमाले प्रवेशको विषयले कपिलवस्तुमा एमाले भित्रको राजनितिमा थप नयाँ मोड लिएको छ । निर्वाचनको मिति घोषणा पछि भएको उनको यो राजनिधिक धार परिवर्तनलाई कपिलवस्तुमा अर्थपूर्ण रुपमा हेरिएको छ । एक स्रोतका अनुसार चौधरीले कपिलवस्तुको निर्वाचन क्षेत्र नम्बर १ मा एमालेबाट टिकट पाउने सर्तमा पार्टी प्रवेश गरेका हुन । उनी प्रतिनिधि सभा सदस्यका लागि कपिलवस्तुबाट टिकट पाउने भएपछि एमालेमा प्रवेश गरेको बताइएको छ ।

यो पनि पढ्नुहोस्

जसपा छोडेका कपिलवस्तुका चौधरी बने नेसपाको केन्द्रीय उपाध्यक्ष

प्रतिक्रिया

खबर सबै