

कपिलवस्तुका नेता चक्रपाणी खनालको नाम माओवादी केन्द्रको कन्द्रिय सचिवमा प्रस्ताव



कपिलवस्तु । नेकपा माओवादी केन्द्रको केन्द्रीय सचिवमा कपिलवस्तुका नेता चक्रपाणी खनाल बलदेव चयन हुनुभएको छ । अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले खनाललाई सचिवमा चयन गर्नुभएको हो । यस्तै लामो रस्साकस्सी पछि पार्टीको महासचिवमा देव गुरुङ सहित पदाधिकारीहरुको नाम प्रस्ताव गर्नुभएको छ ।
पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको स्थायी कमिटी बैठकमा अध्यक्ष प्रचण्डले २० जना पदाधिकारीको नाम प्रस्ताव गर्नुभएको हो । २१ सदस्यीय हुने पदाधिकारीमा अध्यक्षमा यस अघि नै प्रचण्ड चयन भइसक्नुभएको छ । अध्यक्ष प्रचण्डले वरिष्ठ उपाध्यक्षमा नारायणकाजी श्रेष्ठ र उपाध्यक्षमा कृष्णबहादुर महराको नाम प्रस्ताव गर्नुभएको छ । त्यस्तै, उपमहासचिवमा गिरिराजमणी पोखरेल, वर्षमान पुन, हरिबोल गजुरेल, पम्फा भुसाल, जनार्दन शर्मा, मात्रिका यादव र शक्ति बस्नेतको नाम प्रस्ताव भएको छ ।
सचिवहरुमा दिनानाथ शर्मा, चक्रपाणी खनाल, देवेन्द्र पौडेल, लिलामणी पोखेरेल, गणेश साह, हितमान शाक्य, हितराज पाण्डे, डिलाराम आचार्य र राम कार्की रहनुभएको छ भने कोषाध्यक्षमा श्रीराम ढकालको नाम प्रस्ताव भएको छ ।
अध्यक्ष प्रचण्डले प्रस्ताव गर्नुभएको नाम स्थायी कमिटी बैठकले पारित गरेपछि केन्द्रीय कमिटीमा जान्छ र केन्द्रीय कमिटीले पारित गरेपछि पदाधिकारी चयन हुनेछन् ।


खबर सबै
-
‘कालो केश’मा असिम क्षेत्रीको फरक अवतार, दर्शकको रोजाइमा नयाँ गीत
-
एकैदिन तोलामा ३६ सय रूपैयाँ बढ्यो सुनको भाउ, आज कतिमा हुँदैछ किनबेच?
-
लुम्बिनी प्रदेशमा आजदेखि संविधान दिवसका कार्यक्रम सुरु
-
सालझन्डी–ढोरपाटन सडक ट्र्याक खुल्यो, बनेन पक्की
-
३० बलमै शतक ठोकेर भारतीय ओपनर अभिषेक शर्माले तोडे विश्व कीर्तिमान
-
नयाँ डिजाइनको ५० रुपैयाँको नोट आजदेखि चलनचल्तीमा
-
सालझन्डी–ढोरपाटन सडक ट्र्याक खुल्यो, बनेन पक्की
-
३० बलमै शतक ठोकेर भारतीय ओपनर अभिषेक शर्माले तोडे विश्व कीर्तिमान
-
नयाँ डिजाइनको ५० रुपैयाँको नोट आजदेखि चलनचल्तीमा
-
भारत लैजान लागिएका दुई किशोरीको नरैनापुरबाट उद्धार
-
अफवाह नफैलाउन र धार्मिक सहिष्णुता कायम राख्न कपिलवस्तु प्रशासनको अपिल
-
कृष्णभीरको सडक खुलेसँगै काठमाडौँ उपत्यकामा ग्यास पूर्ववत मूल्यमै बिक्री हुने






प्रतिक्रिया