

कपिलवस्तुमा आएको रासायनिक मल सहकारीहरुमार्फत विरतण (अडियो सहित)





राजेन्द्र खनाल, कपिलवस्तु । कपिलवस्तुमा लामो समयको पर्खाइपछि जनतन यतिबेला रासायनिक मल वितरण सुरु गरिएको छ । केही दिन अघि कपिलवस्तु स्थित कृषि सामाग्री कम्पनी लिमिटेड तौलिहवामा आएको युरिया र डिएपि मल जिल्लाका सुचिकृत कृषि सहकारीहरुका माध्यमबाट कृषकहरुलाई वितरण गरिएको कृषि सामग्री कम्पनी लिमिटेड तौलिहवाका प्रमूख प्रकाशचन्द्र ज्ञवालीले जानकारी दिनुभयो ।
सुन्नुहोस् अडियो
कपिलवस्तु जिल्ला भरका लागि वार्षिक १० हजार मेट्रिक टन युरिया मल आवश्यक पर्दछ तर अहिले आएको मलको मात्रा जम्मा ७ सय ९२ मेट्रिक टन हो । कपिलवस्तुमा एक हजार मेट्रिक टन पनि मल आएको छैन । देशभर मलको अभाव भइरहेका बेला किसानले समयमै मल पाउन सकिरहेका छैनन भने आएको मलमा पनि कष्टपूर्ण तरिकाले दिनभर लाइनमा बसेर थोरै मलमा चित्त बुझाउनुपर्ने बाध्यता छ । सरकारले भारतबाट आयात गरिरहेको मल झारा टार्ने माध्यम मात्रै बनाएको छ । प्रयाप्त मल ल्याउन नसक्दा कृषकहरुको उत्पादनमा ह्रास आइरहेको छ । सरकारले अनुदानमा समयमै मल दिन नसक्दा मलको कालोबजारी समेत मौलाएको छ । नेपाली व्यापारीहरु भरतीय मल अवैध रुपमा नेपाल भित्राएर नेपाली किसानलाई चर्काे मूल्यमा बेचिरहेका छन् ।
शुक्रबार कपिलवस्तुको बाणंगा नगरपालिका वडा नम्बर ९ भलवाड स्थित साना किसान कृषि सहकारी संस्था लिमिटेडमा ल्याइएको रासायनिक मल खरिद गर्न एक बिहानै एक सय बढी कृषकहरुको लाइन थियो । आज सार्वजनिक बिदाको दिन पनि साना किसानले कृषकहरुलाई मल वितरण गरिरहेको थियो । मल लिन आएका कृषकहरु आफुलाई आवश्यक मल नपाउँदा निराश थिए ।

साना किसान कृषि सहकारी संस्था भलवाडले १७० बोरा युरिया, २२ बोरा डिएपी र १६ बोरा पोटास पाएको थियो । साना किसान कृषि सहकारी संस्था लिमिटेड भलवाडले आफुले ल्याएको मलबाट किसानहरुलाई प्रति कट्ठा २ केजीका दरले युरिया मल वितरण गरेको सहकारीका अध्यक्ष कुमार मधु वेल्वासेले बताउनुभयो । अब पुन ः एक सता पछि थप मल आउने र त्यस पछि पनि वितरण गरिने उहाँले बताउनुभयो । प्रयाप्त मल उपलब्ध नहुदा किसानहरु थोरैमा भए पनि चित्त बुझाउन बाध्य भएका छन् ।
नेपाल सरकारको अनुदानमा उपलब्ध गराइएको यो मल यस अघि कपिलवस्तु जेठ महिनामा आएको थियो । कृषि सामग्री कम्पनी लिमिटेडका प्रमूख ज्ञवालीका अनुसार देशभर करिब ७ लाख मल आवश्यक रहेकोमा कपिलवस्तुमा मात्रै अभाव नभएको बताउनुहुन्छ । कपिलवस्तुमा रासायनिक मल आएपछि वितणर प्रणाली कसरी मिलाउनुभएको छ भनी हामीले कृषि सामग्री कम्पनी लिमिटेडका प्रमूख ज्ञवालीलाई सोधेका छौँ ।
सुन्नुहोस् अडियो


खबर सबै
-
कपिलवस्तुबाट १७५ जना हज यात्रामा जाँदै, गिरयाे बिदाइ
-
कपिलवस्तुको ‘कोइलीचौर वन’ बन्यो अन्य जिल्लाका सामुदायिक वनका लागि ‘सिकाइ केन्द्र’
-
मुख्यमन्त्री विजयले के गरे पहिलो निर्णय ?
-
एसईईको नतिजा सार्वजनिक गर्ने तयारी, यसरी हेर्न सकिन्छ नतिजा !
-
दर्पण युवा क्लब राजपुरकाे अधिवेशनबाट नयाँ नेतृत्व चयन
-
स्रोत नखुलेको ६ लाख भारतिय रुपैंयासहित दुई जना पक्राउ
-
एसईईको नतिजा सार्वजनिक गर्ने तयारी, यसरी हेर्न सकिन्छ नतिजा !
-
दर्पण युवा क्लब राजपुरकाे अधिवेशनबाट नयाँ नेतृत्व चयन
-
स्रोत नखुलेको ६ लाख भारतिय रुपैंयासहित दुई जना पक्राउ
-
भलवाडमा ‘सहकारी पसल’ उद्घाटन, दैनिक उपभोग्यदेखि कृषि बिउविजनसम्म अब एउटै थलोमा
-
सानाकिसानद्वारा कृषि यान्त्रिकरण सामग्री वितरण
-
मानवता र सेवाभाव फैलाउँदै युनाइटेड स्टुडेन्ट एकेडेमीका विद्यार्थी











प्रतिक्रिया