

खोलामा मोटरेवल पुल नभएपछि सितगंगा १३ मुसिवाङ्गका नागरिकलाई सास्ती





राजेन्द्र खनाल, कपिलवस्तु । अर्घाखाँचीको सितगंगा नगरपालिका वडा नम्बर १३ मुसिवाङ्ग स्थित माझिपाटका करिब एक सय घरधुरीका नागरिक सडक सुविधा नहुदा सास्तीपूर्ण यात्रा गर्न बाध्य छन् । कपिलवस्तुको बाणगंगा नगरपालिका वडा नम्बर ९ देखि करिब ४ किलोमिटर उत्तरमा रहको सितगंगा १३ का नागरिक दिनहुँ कष्टका साथ तराईबाट दैनिक सामानको आयत गर्छन र आफ्नो जिविका चलाइरहेका हुन्छन् । उनीहरुकपो मुख्य बजार भलवाड र बनगाइ हो । अरु बेला जसोतसो दैनिकि चलाए पनि बिरामी र सुत्केरी हुदा भने सोचे भन्दा बढी कष्ट हुने गरेको स्थानीय गणेश क्षेत्रीले बताउनुभयो ।
सोही स्थानका अशोक क्षेत्रीले आफ्नी श्रीमतीलाई सुत्केरी पिडा भएपछि रुपन्देहीको वुटवल स्थित लुम्बिनी प्रादेशिक अस्पतालमा लैजानुभयो । करिब तीन दिनपछि सुत्केरी भएपछि अस्पतालबाट मुसिवाङ खोलासम्म गाडिमा पु¥याएपनि त्यस पछिको करिब एक घण्टाको बाटो स्टेक्चरमा राखेर घर सम्म पु¥याउनुभयो । यो कष्ट अशोकलाई मात्रै होइन सितगंगा १३ का करिब एक सय घरपरिवारले भोग्ने गरेका छन् । तराईसँग सोझै सम्पर्क रहेर पनि अहिले सम्म सितगंगाका मुसिवाङ खोलामा मोटरेवल पुल बन्न नसक्दा नागरिकहरु ीनयमिति यसरी नै यात्रा गर्ने गरेका छन् । उनीहरुको आवतजावतका लागि एउटा झोलुङ्गे पुल छ । तर खोला वारी सम्म नियमित सार्वजनिक बस पुग्ने गर्छ, गाउँसम्म जान खोलामा मोटरेवल पुल छैन । नागरिकहरु खोलासम्म बसमा यात्रा गर्छन त्यसपछिको गन्तव्य सधै पैदल जानुपर्छ ।
माझिफाट लगाएतका क्षेत्रका बासिन्दा मुसिवाङ्ग खोलामा मोटरेवल पुल नहुदाँ सस्ती खेप्नु परेको स्थानीयको गुनासो छ । यहाँका करिव १ सय घर परिवार आपतकालिन अवस्थामा यस्तै दुखेसो व्यहोर्न बाध्य भएको स्थानिय गणेश वि.सी बताउछन् । नजिकै आधारभुत विद्यालय भएपनी माध्यमिक तहका लागि विद्याथीहरु दैनिक ६ किलोमिटर जंगलको बाटो भएर कपिलवस्तु जिनुवाको विद्यालयान पढ्नु पर्ने बाध्यता समेत छ ।

शितगंगा १३ का वडाध्यक्ष दुर्गा वि.सी ले पुलका लागि वडाको बजेटले नभेटने तर नगर र प्रदेश सरकारमा पट्क पट्क पहल गरेका कारण सर्वे गरी डिपिआर सम्म भएको बताउनुहुन्छ । आगामी वर्ष पुल बन्ने आशामा आफुहरु रहेको पनि उहाँले बताउनुभयो । हाल नगरकि उपमेयर गिता वि.सी समेत सोहि वडाबाट निर्वाचित हुनुभएको छ ।
६ महिना अगाडी सोहि स्थानमा आधारभुत स्वास्थ्य चौकी उद्घाटन कार्यक्रममा प्रमुख अतिथि बनेर आएका प्रदेश संसद रामजी घिमिरेसँग स्थानीय नागरिक र वडाध्यक्षले पुल अभावका कारण सास्ती खेप्नु परेको भन्दै पुल निर्माणका लागि पहल गरिदिन अनुरोध गरेका थिए । पहाडको खोचमा सिँगो गाउँ छ तर सुविधा विस्तारमा राज्यस्तरबाट चाँसो नदिदा भने एक सय घरपरिवार आपतकालिन अवस्थामा जोखिमपूर्ण यात्रा गर्न बाध्य हुन्छन् ।


खबर सबै
-
कपिलवस्तुबाट १७५ जना हज यात्रामा जाँदै, गिरयाे बिदाइ
-
कपिलवस्तुको ‘कोइलीचौर वन’ बन्यो अन्य जिल्लाका सामुदायिक वनका लागि ‘सिकाइ केन्द्र’
-
मुख्यमन्त्री विजयले के गरे पहिलो निर्णय ?
-
एसईईको नतिजा सार्वजनिक गर्ने तयारी, यसरी हेर्न सकिन्छ नतिजा !
-
दर्पण युवा क्लब राजपुरकाे अधिवेशनबाट नयाँ नेतृत्व चयन
-
स्रोत नखुलेको ६ लाख भारतिय रुपैंयासहित दुई जना पक्राउ
-
एसईईको नतिजा सार्वजनिक गर्ने तयारी, यसरी हेर्न सकिन्छ नतिजा !
-
दर्पण युवा क्लब राजपुरकाे अधिवेशनबाट नयाँ नेतृत्व चयन
-
स्रोत नखुलेको ६ लाख भारतिय रुपैंयासहित दुई जना पक्राउ
-
भलवाडमा ‘सहकारी पसल’ उद्घाटन, दैनिक उपभोग्यदेखि कृषि बिउविजनसम्म अब एउटै थलोमा
-
सानाकिसानद्वारा कृषि यान्त्रिकरण सामग्री वितरण
-
मानवता र सेवाभाव फैलाउँदै युनाइटेड स्टुडेन्ट एकेडेमीका विद्यार्थी











प्रतिक्रिया