

नेपाली चिया खरिद गर्न चीन सकारात्मक



काठमाडौँ
नेपाली चिया खरिद गर्न चिनियाँ सरकार सकारात्मक रहेको जनाइएको छ । नेपालले चिया निर्यातका लागि जीटुजी (सरकार–सरकारबीच) सम्झौताको प्रस्ताव गरेकामा चिनियाँ पक्षले सकारात्मक प्रतिक्रिया दिएको राष्ट्रिय चिया तथा कफी विकास बोर्डका निर्देशक डा. दीपक खनालले जानकारी दिनुभयो ।
त्यहाँ भएको दुईपक्षीय छलफलमा नेपाली चिया आयातका लागि चीन सकारात्मक भएको त्यहाँ रहेको नेपाली दूतावासका अधिकारीले आफूलाई जानकारी पठाएको निर्देशक खनालले बताउनुभयो ।
परराष्ट्रमन्त्री नारायण खड्काको नेतृत्वमा चीन भ्रमणमा गएको टोलीले सो प्रस्ताव गरेको हो । मन्त्री खड्कासहितको टोलीले गत साता चीनको भ्रमण गरेको थियो ।
नेपाली चिया निर्यातका विषयमा चीनसँग यसअघिदेखि नै कुराकानी भइरहेको थियो । त्यसबारे केही कागजात पनि आदानप्रदान भइसकेको छ । यस पटक दुवै सरकारबीच सम्झौता गर्नका लागि प्रस्ताव नै पठाएको उहाँले बताउनुभयो ।
चिया नेपालको मुख्य निर्यात वस्तु हो । आव २०७७/७८ मा तीन अर्ब ७९ करोड रुपियाँको ११ हजार ९२० मेट्रिक टन र २०७६/७७ मा दुई अर्ब ७८ करोड रुपियाँको ११ हजार १८५ मेट्रिक टन चिया निर्यात भएको थियो । याे खबर गाेरखापत्र दैनिकमा छ ।


खबर सबै
-
कपिलवस्तुका ‘कुमारको क्यामेराले’ जित्यो ‘राष्ट्रिय अवार्ड’
-
कपिलवस्तुमा ७ हजार बढी किशोरीलाई एचपीभी खोप लगाइने
-
रसुवा बाढी : एक हजार बढी शवको सुरक्षित व्यवस्थापन
-
करेन्ट लगाएर माछा मार्ने क्रममा युवकको मृत्यु
-
अपर त्रिशूली १ को सुरुङबाट ११ दिनपछि विदेशी नागरिकको जीवितै
-
जसपाको कारबाहीले लुम्बिनी सरकार संकटमा, मुख्यमन्त्रीलाई फेरि विश्वासको मतको दबाब
-
करेन्ट लगाएर माछा मार्ने क्रममा युवकको मृत्यु
-
अपर त्रिशूली १ को सुरुङबाट ११ दिनपछि विदेशी नागरिकको जीवितै
-
जसपाको कारबाहीले लुम्बिनी सरकार संकटमा, मुख्यमन्त्रीलाई फेरि विश्वासको मतको दबाब
-
कपिलवस्तुमा अटोको ठक्करबाट तीन वर्षीय बालकको मृत्यु
-
भोटेकोशी बाढीमा लुम्बिनीका २४५ जना सम्पर्कविहीन, कुन जिल्लाका कति ? (नामावलीसहित)
-
दाङमा रहेको चमेरे गुफा सुनसान






प्रतिक्रिया