

रुकुम पूर्व : घाइते प्रहरी जवानको ज्यान गयो





रुकुम पूर्व । रुकुम पूर्वको पुथा उत्तरगंगा गाउँपालिका –११, सेरामाथिको मोडमा आज बिहान भएको जीप दुर्घटनामा परेर एक जना प्रहरी जवानको ज्यान गएको छ । २ जना प्रहरी उपरीक्षकसहित ५ जना घाइते भएका छन् ।
लु १ झ ६६० नम्बरको जीप सडकबाट खस्दा रोल्पा घर भएका प्रहरी जवान लक्ष्मण पुनको घटनास्थलमै ज्यान गएको हो । दुर्घटनामा परेर घाइते भएका रुकुमपूर्वका प्रहरी प्रमुख नायब उपरीक्षक (डीएसपी) प्रकाश डाँगी, सशस्त्र प्रहरी बल रुकुमपूर्व प्रमुख नायब उपरीक्षक (डीएसपी) उपरीक्षक रविन श्रेष्ठ, प्रहरी जवान लक्ष्मण घर्ती, प्रहरी हवल्दार कुमार डाँगी र प्रहरी जवान सन्तोष बुढालाई हेलिकप्टर मार्फत थप उपचारको लागि बाँकेको कोहलपुर लगिएको छ । नेपाली सेनाको हेलिकप्टरले पहिलो पटक तीन जना र दोस्रो पटक मृतक सहित २ जनालाई उपचारको लागि कोहलपुर लगेको हो ।
रुकुम पूर्वका प्रमुख जिल्ला अधिकारी तुलाराज सुनुवारका अनुसार जीप सडकबाट करिब ८० मिटर तल खसेर दुर्घटना भएको हो । जिल्ला सदरमुकाम रुकुमकोटबाट पुथा उत्तरगंगा गाउँपालिकाको केन्द्र तकसेरा जाने क्रममा जीप दुर्घटना भएको प्रजिअ सुनुवारले जनाउनुभयो । प्रमुख जिल्ला अधिकारीको टोली भने अर्को गाडीमा सवार रहेको बताइएको छ । अनुगमन र अन्य कार्यका लागि जिल्लाको सुरक्षा निकायको टोली तकसेरा जाने क्रममा दुर्घटना भएको हो ।


खबर सबै
-
कपिलवस्तुबाट १७५ जना हज यात्रामा जाँदै, गिरयाे बिदाइ
-
कपिलवस्तुको ‘कोइलीचौर वन’ बन्यो अन्य जिल्लाका सामुदायिक वनका लागि ‘सिकाइ केन्द्र’
-
मुख्यमन्त्री विजयले के गरे पहिलो निर्णय ?
-
एसईईको नतिजा सार्वजनिक गर्ने तयारी, यसरी हेर्न सकिन्छ नतिजा !
-
दर्पण युवा क्लब राजपुरकाे अधिवेशनबाट नयाँ नेतृत्व चयन
-
स्रोत नखुलेको ६ लाख भारतिय रुपैंयासहित दुई जना पक्राउ
-
एसईईको नतिजा सार्वजनिक गर्ने तयारी, यसरी हेर्न सकिन्छ नतिजा !
-
दर्पण युवा क्लब राजपुरकाे अधिवेशनबाट नयाँ नेतृत्व चयन
-
स्रोत नखुलेको ६ लाख भारतिय रुपैंयासहित दुई जना पक्राउ
-
भलवाडमा ‘सहकारी पसल’ उद्घाटन, दैनिक उपभोग्यदेखि कृषि बिउविजनसम्म अब एउटै थलोमा
-
सानाकिसानद्वारा कृषि यान्त्रिकरण सामग्री वितरण
-
मानवता र सेवाभाव फैलाउँदै युनाइटेड स्टुडेन्ट एकेडेमीका विद्यार्थी











प्रतिक्रिया