

छाडा चौपायालाई रिफलेक्टिभ स्टिकर बाँध्न सुरु



तिलोत्तमा । रुपन्देहीको तिलोत्तमाका छाडा पशु चौपायालाई रिफलेक्टिभ स्टिकर (रातिमा टाढै बाट स्पस्ट देख्न सकिने) फित्ता बाँध्न सुरु गरिएको छ ।
सडकमा जथाभावी छोडिएका पशुचौपायाहरुले गर्दा रातको समयमा सडक दुर्घटना बढ्दै गएका कारण तिलोत्तमा नगरपालिकाका नगरप्रमुख रामकृष्ण खाणले गाईलाई स्टिकर लगाउने अभियान सुरु गरेका छन। शसस्त्र प्रहरी र नेपाल प्रहरीसंगको सहकार्यमा छाडा पशुचौपायाहरुको घाटीमा रिफलेक्टिभ स्टिकर बाँध्न सुरु गरिएको हो ।
छाडा पशुचौपाया विषेश गरि गाईहरुलाई तिलोत्तमा नगरले गौशालामा पनि व्यावस्थापन गरेको छ ।गौशालामा लान छुटेका र बाहिरबाट आएर सडकको छेउछाउमा जथाभावी अव्यवस्थित रुपमा हिडडुल गर्दा सवार गर्ने यात्रुहरु झुक्किएर दुर्घटना बढ्ने गरेकोले सो फिता बाध्न शुरु गरेको नगरप्रमुख खाणले बताए।
चौपायालाई टाढैबाट स्पस्ट देखिने खालको रिफलेक्टिभ स्टिकर लगाईएको र अब रातिमा हुने दुर्घटना कम हुनेमा आशाबादी रहेको नगर प्रमुख खाणले बताए । यो अभियानलाई तिलोत्तमा भरी निरन्तरता दिने पनि खाणले जानकारी दिए।


खबर सबै
-
कपिलवस्तुका ‘कुमारको क्यामेराले’ जित्यो ‘राष्ट्रिय अवार्ड’
-
कपिलवस्तुमा ७ हजार बढी किशोरीलाई एचपीभी खोप लगाइने
-
रसुवा बाढी : एक हजार बढी शवको सुरक्षित व्यवस्थापन
-
करेन्ट लगाएर माछा मार्ने क्रममा युवकको मृत्यु
-
अपर त्रिशूली १ को सुरुङबाट ११ दिनपछि विदेशी नागरिकको जीवितै
-
जसपाको कारबाहीले लुम्बिनी सरकार संकटमा, मुख्यमन्त्रीलाई फेरि विश्वासको मतको दबाब
-
करेन्ट लगाएर माछा मार्ने क्रममा युवकको मृत्यु
-
अपर त्रिशूली १ को सुरुङबाट ११ दिनपछि विदेशी नागरिकको जीवितै
-
जसपाको कारबाहीले लुम्बिनी सरकार संकटमा, मुख्यमन्त्रीलाई फेरि विश्वासको मतको दबाब
-
कपिलवस्तुमा अटोको ठक्करबाट तीन वर्षीय बालकको मृत्यु
-
भोटेकोशी बाढीमा लुम्बिनीका २४५ जना सम्पर्कविहीन, कुन जिल्लाका कति ? (नामावलीसहित)
-
दाङमा रहेको चमेरे गुफा सुनसान






प्रतिक्रिया