

छाडा चौपायालाई रिफलेक्टिभ स्टिकर बाँध्न सुरु



तिलोत्तमा । रुपन्देहीको तिलोत्तमाका छाडा पशु चौपायालाई रिफलेक्टिभ स्टिकर (रातिमा टाढै बाट स्पस्ट देख्न सकिने) फित्ता बाँध्न सुरु गरिएको छ ।
सडकमा जथाभावी छोडिएका पशुचौपायाहरुले गर्दा रातको समयमा सडक दुर्घटना बढ्दै गएका कारण तिलोत्तमा नगरपालिकाका नगरप्रमुख रामकृष्ण खाणले गाईलाई स्टिकर लगाउने अभियान सुरु गरेका छन। शसस्त्र प्रहरी र नेपाल प्रहरीसंगको सहकार्यमा छाडा पशुचौपायाहरुको घाटीमा रिफलेक्टिभ स्टिकर बाँध्न सुरु गरिएको हो ।
छाडा पशुचौपाया विषेश गरि गाईहरुलाई तिलोत्तमा नगरले गौशालामा पनि व्यावस्थापन गरेको छ ।गौशालामा लान छुटेका र बाहिरबाट आएर सडकको छेउछाउमा जथाभावी अव्यवस्थित रुपमा हिडडुल गर्दा सवार गर्ने यात्रुहरु झुक्किएर दुर्घटना बढ्ने गरेकोले सो फिता बाध्न शुरु गरेको नगरप्रमुख खाणले बताए।
चौपायालाई टाढैबाट स्पस्ट देखिने खालको रिफलेक्टिभ स्टिकर लगाईएको र अब रातिमा हुने दुर्घटना कम हुनेमा आशाबादी रहेको नगर प्रमुख खाणले बताए । यो अभियानलाई तिलोत्तमा भरी निरन्तरता दिने पनि खाणले जानकारी दिए।


खबर सबै
-
कपिलवस्तुमा दूध बोक्ने ट्याङ्करको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
-
अर्घाखाँचीमा मोटरसाइकल दुर्घटना हुँदा बाबु–छोराको मृत्यु
-
प्रथम वडा स्तरीय रनिङ कपको उपाधि भर्तापुरले जित्यो, पडरिया २–० ले पराजित
-
बलिङमा पुनरागमन गर्दै नेपालको जित, लिग २ मा छैटौं स्थान पक्का
-
कपिलवस्तुमा एकै बिहान साढे ४ लाखका अवैध सामान बरामद
-
सखिया नाचले थारु गाउँबस्ती गुञ्जयमान
-
बलिङमा पुनरागमन गर्दै नेपालको जित, लिग २ मा छैटौं स्थान पक्का
-
कपिलवस्तुमा एकै बिहान साढे ४ लाखका अवैध सामान बरामद
-
सखिया नाचले थारु गाउँबस्ती गुञ्जयमान
-
दशैँका बेला अवैध कारोबार, कपिलवस्तुमा साढे चार लाख बढीका सामान बरामद
-
गोली प्रहार गरी फरार व्यक्ति प्रहरीको फन्दामा
-
कपिलवस्तुमा निकालियो ५१३ दुर्गा भगवतीको मूर्ति







प्रतिक्रिया