

कपिलवस्तुको प्रसिद्ध लभ पार्क हेर्नुहोस् एक वर्षमा यति धेरै रमणीय बन्यो (भिडियो सहित)





ई–साझाकुरा, कपिलवस्तु । कपिलवस्तुको बाणगंगा नगरपालिका स्थित प्रसिद्ध पार्क मधौलिया वन पार्कको विस्तार गरी थप आकर्षक बनाइएको छ । बाणगंगा नगरपालिकाको पुर्व पश्चिम महेन्द् राजमार्ग स्थित बुङ्चि देखि करिब २ किलोमिटर दक्षिणमा अवस्थित यो पार्क अझ बढी लभ पार्कका नामले परिचित छ ।
नयाँ पर्यटकीय गन्तव्यको विकास स्वरुप सामुदायिक वन क्षेत्रलाई जैविक विविधताको संरक्षण सहति गत वर्ष देखि सो पार्क निर्माण गरिएको थियो । बाणगंगा नगरपालिकाको वडा नम्बर ५ मधौलीय स्थित मधौलीय सामुदायिक वन क्षेत्रको खाली क्षेत्रमा अहिले सुन्दरीकरण गरिए सँगै पछिल्लो एक वर्षमा आन्तरिक पर्यटकहरुको दिनहुँ घुइचो लाग्ने गरेको छ ।
स–साना बुट्यानहरुले ढाकेको र केही क्षेत्र गौचरनको रुपमा प्रयोग भएको जमिनलाई वन कार्यसमितिले रमणीय र आकर्षक पार्ककको रुपमा विकास गरेको हो । मानवीय अतिक्रमण समेत बढ्दै गएपछि सो क्षेत्रको संरक्षणका लागि पार्क बनाउने योजना सुरु भएको वनका अध्यक्ष खडानन्द गौतमले बताउनुभयो ।
पुर्व पश्चिम राजमार्ग देखि झण्डै २ किलोमिटर दक्षिणमा पर्ने मधौलीय पार्कमा पुग्न राजमार्ग देखि सहजै याता यताको सुविधा समेत छ । आफ्नै साधन हुनेहरुका लागि सुविधा युक्त कालोपत्रे सडक पार्क सम्मै पुगेको छ । बुङ्चि–कोपवा– जहदी जोड्ने सडक खण्ड अन्र्तग गत वर्षदेखि पर्यटकका लागि खुल्ला गरिएको थियो ।
वनका अध्यक्ष खडानन्द गौतमका अनुसार वन क्षेत्रको सो स्थलमा ठूला काठ उत्पादन हुने विरुवा नभएको र सो खाली क्षेत्रलाई सदुपयोग पनि गर्ने उद्धेश्य सहित पर्यटकीय स्थलको रुपमा विकास गरीएको बताउनुभयो ।
अहिले आन्तरिक भौतिक संरचना निर्माणका काम धमधम भईरहेका छन भने दुई वर्ष पहिले देखि निर्माण कार्य थालि गत वर्र्षको सुरुबाट पर्यटकको घुमफिरका लागि खुल्ला गरिएको हो । घुमफिर गर्न र त्यहाँको वस्तुस्थितिबारे जानकारी लिन अहिले कपिलवस्तु सँगै दाङ,रुपन्देही र अर्घाखाँची, नवलपरासी लगाएतका जिल्लाबाट पर्यटकहरु आउने गरेका छन् । विशेष गरी सामाजिक सञ्जालहरुमा मधौलीय पार्क भित्रका दृश्यहरुले चर्चा पाईरहेका हुन्छन् ।
वनका अध्यक्ष गौतमका अनुसार स्थानीय सरकार सहित प्रधानमन्त्री रोजगार कार्यक्रम मार्फत पार्क भित्रका संरचना निर्माण गरिएको छ भने केन्द्र सरकारको बजेट पनि समावेश गरिएको छ । अहिले स्थानीय तह र डिभिजन वन कार्यालयसँग पनि सहकार्य गरी संरचना निर्माणका काम सहित वनको पहिचान जोगिने विभिन्न प्रजातिका बहुमूल्य प्रजातिका वनस्पती पनि लगाइउको छ ।
अहिले मधौलीय पार्कमा पर्यटकहरुलाई अकर्षण गर्ने खालका विभिन्न संरचनाहरु निर्माण गरिएको छ भने कतिपय निर्माणाधिन अवस्थामा छन् । विभिन्न दुर्लभ जनावर र चराचुरुङ्ीका आकृती समेत बनाइएको छ । पार्क घुम्न सो स्थलमा पुग्नेहरुका लागि आकर्षित गर्ने विभिन्न संरचना र वनस्पतिले लोभ्याइरहन्छ ।
बाणगंगा नगरपालिकाको ओझेलमा परेको स्थानमा पनि सो पार्क बनेसँगै अहिले जिल्ला तथा बाहिरबाट समेत पर्यटकहरु घुम्नका लागी आउने गरेका छन् । यसै वर्ष देखि पार्कको सरसफाई तथा संरक्षणका लागि सामान्य दस्तुरको प्रवेश शुल्क समेत लिने गरीएको छ ।
पार्कको निर्माणले पर्यटकको आगमनमा बृद्धि गरेको छ भने आन्तरिक व्यापार व्यवसाय समेत फस्टाएको छ । झण्डै आधा दर्जन मानिसले पार्क भित्रै दैनिक रोजगारी पाएका छन । निर्माण सुरु भए यता करिब १ करोड ३५ लाख जति आर्थिक लगानी भइरहेको पनि अध्यक्ष गौतमले जानकारी दिनुभयो । अहिले बाणगंगामा क्रियाशिल विभिन्न संघ सस्थाहरुले समेत सो क्षेत्रमा आफ्नो पहिचान झल्कने संरचना निर्माणको प्रक्रिया समेत थालेका छन् ।
पार्कलाई हामीले देखिरहेका पार्क भन्दा भिन्न स्वरुपमा विकास गर्ने अवधारणा अनुसार फरक खालका संरचना बनाइएको अध्यक्ष गौतमले बताउनुभयो । अब थप आकर्षक बनाउन योजनाबद्ध काम भइरहेको र खाली क्षेत्रलाई थप आकर्षक बनाउने गरी तयारी भइरहेको पनि उहाँले जानकारी दिनुभएको छ।


खबर सबै
-
कपिलवस्तुबाट १७५ जना हज यात्रामा जाँदै, गिरयाे बिदाइ
-
कपिलवस्तुको ‘कोइलीचौर वन’ बन्यो अन्य जिल्लाका सामुदायिक वनका लागि ‘सिकाइ केन्द्र’
-
मुख्यमन्त्री विजयले के गरे पहिलो निर्णय ?
-
एसईईको नतिजा सार्वजनिक गर्ने तयारी, यसरी हेर्न सकिन्छ नतिजा !
-
दर्पण युवा क्लब राजपुरकाे अधिवेशनबाट नयाँ नेतृत्व चयन
-
स्रोत नखुलेको ६ लाख भारतिय रुपैंयासहित दुई जना पक्राउ
-
एसईईको नतिजा सार्वजनिक गर्ने तयारी, यसरी हेर्न सकिन्छ नतिजा !
-
दर्पण युवा क्लब राजपुरकाे अधिवेशनबाट नयाँ नेतृत्व चयन
-
स्रोत नखुलेको ६ लाख भारतिय रुपैंयासहित दुई जना पक्राउ
-
भलवाडमा ‘सहकारी पसल’ उद्घाटन, दैनिक उपभोग्यदेखि कृषि बिउविजनसम्म अब एउटै थलोमा
-
सानाकिसानद्वारा कृषि यान्त्रिकरण सामग्री वितरण
-
मानवता र सेवाभाव फैलाउँदै युनाइटेड स्टुडेन्ट एकेडेमीका विद्यार्थी











प्रतिक्रिया