

जिल्ला प्रशासन कार्यालय कपिलवस्तुमा थामिनसक्नु भिड





राजेन्द्र खनाल, कपिलवस्तु । कपिलवस्तु स्थित जिल्ला प्रशासन कार्यालयमा पछिल्लो केही साता यता दिनहुँजसो नागरिकहरुको चाप बढेको छ । नेपाल सरकारले लागु गरेको राष्ट्रिय परिचय पत्र बनाउनेहरुका कारण जिल्ला प्रशासन कार्यालयमा दिनहुँजसो नागरिकको भिड हुने गरेको हो ।
कर्मचारी अभावका कारण कम कर्मचारीले काम गर्दा परिचयपत्रका लागि नागरिकहरु दिनभर पालो कुरेर बस्ने गरेका छन् । बाणगंगा नगरपालिकामा असार सम्म वडा कार्यालयबाट राष्ट्रिय परिचयपत्रको काम गरिएको थियो । हाल वडामा अभियान सकिए सँगै नागरिकहरु जिल्ला प्रशासन कार्यालयमा जान बाध्य भएका छन् ।
अहिले जिल्ला प्रशासन कार्यालयमा बिहान १० बजे पुग्ने सेवा ग्राहीले करिब ४ घण्टा लाइन बसेपछि मात्रै पालो पाउछन् । मध्य दिनमा जानेहरुले प्रशासनको परिचयपत्र शाखाले दिएको टोकन लिएर तोकिएको दिन मात्रै पालो पाउने गरेका छन् ।
जिल्ला प्रशासन कार्यालयमा हाल राष्ट्रिय परिचयपत्र फाँटमा जम्मा चारजनाले फारम भर्ने, परिचयपत्रका लागि फोटो लिने, हातका सबै औँलाहरुको डिजिटल छाप लिने र आँखाको फोटो लिने काम गरिरहेका छन् । दिनभर लिइएका फारम र फोटोहरुलाई कार्यालय समयको अन्त्यमा अपडेट गरी विभागमा पठाइने एक कर्मचारीले बताए ।
एकजना कर्मचारीलाई दैनिक ४० जनाको मात्रै फारम लिन भनिएको भए पनि जिल्ला प्रशासन कार्यालय कपिलवस्तुमा एक जनाले मात्रै तोकिएको भन्दा तीन गुणा बढीको फारम लिन बाध्य छन् । हाल परिचयपत्र फाँटमा सबैभन्दा बढी भिड हुने गरेको छ । बालवालिकासँगका आमा, अपांग, बृद्धहरुलाई समेत पालो कुर्नुपर्दा सास्ती खेप्नुपरेको छ ।
अझ संसदबाट पास भई राष्ट्रपति समक्ष पुगेको नागरिकता विधेक पास भएमा जिल्ला प्रशासनमा नागरिकता बनाउनेको संख्या अझै बढ्ने अनुमान गरिएको छ भने दरबन्दी अनुसारका कर्मचारी नहुँदा सेवा प्रवाहमा थप समस्या हुने देखिएको छ ।


खबर सबै
-
कपिलवस्तुबाट १७५ जना हज यात्रामा जाँदै, गिरयाे बिदाइ
-
कपिलवस्तुको ‘कोइलीचौर वन’ बन्यो अन्य जिल्लाका सामुदायिक वनका लागि ‘सिकाइ केन्द्र’
-
मुख्यमन्त्री विजयले के गरे पहिलो निर्णय ?
-
एसईईको नतिजा सार्वजनिक गर्ने तयारी, यसरी हेर्न सकिन्छ नतिजा !
-
दर्पण युवा क्लब राजपुरकाे अधिवेशनबाट नयाँ नेतृत्व चयन
-
स्रोत नखुलेको ६ लाख भारतिय रुपैंयासहित दुई जना पक्राउ
-
एसईईको नतिजा सार्वजनिक गर्ने तयारी, यसरी हेर्न सकिन्छ नतिजा !
-
दर्पण युवा क्लब राजपुरकाे अधिवेशनबाट नयाँ नेतृत्व चयन
-
स्रोत नखुलेको ६ लाख भारतिय रुपैंयासहित दुई जना पक्राउ
-
भलवाडमा ‘सहकारी पसल’ उद्घाटन, दैनिक उपभोग्यदेखि कृषि बिउविजनसम्म अब एउटै थलोमा
-
सानाकिसानद्वारा कृषि यान्त्रिकरण सामग्री वितरण
-
मानवता र सेवाभाव फैलाउँदै युनाइटेड स्टुडेन्ट एकेडेमीका विद्यार्थी












प्रतिक्रिया