

आज वाग्मती र कर्णालीका केही ठाउँमा ठूलो वर्षाको अनुमान



काठमाण्डौ । मनसुन पूर्ण रुपमा सक्रिय नभए पनि जलवाष्पयुक्त हावाको प्रभावका कारण आज पनि केही ठाउँमा पानी पर्ने अनुमान गरिएको छ ।
एकरदुई दिन लगातार झरी पर्ने सम्भावना नभए पनि पहाडी क्षेत्रका केही ठाउँमा भने ठूलो पानी पर्न सक्ने मौसमविद् राजु प्रधानाङ्गले जानकारी दिनुभयो । उहाँका अनुसार तराईका जिल्लामा खासै पानी पर्ने सम्भावना छैन । परिहाले पनि हल्कामात्रै पर्ने छ । पहाडी जिल्लामा भने मेघगर्जनसहित वर्षाको अनुमान छ ।
आज वाग्मती र कर्णाली प्रदेशका केही ठाउँमा ठूलो वर्षाको अनुमान गरिएको छ । पानी पर्ने ठाउँमा बाढी पहिरोको जोखिम रहने हुँदा सचेत रहन मौसमविद्को आग्रह छ । गएराति सुदूरपश्चिम र कर्णाली प्रदेशका केही ठाउँमा ठूलो वर्षा भएको छ ।
दैलेखका धेरै ठाउँमा, डोटीको दीपायल, सुर्खेतको केही ठाउँ, कैलाली र आसपासका क्षेत्रमा ठूलो वर्षा भएको बाढी सूचना केन्द्रले जनाएको छ । यी क्षेत्रका साना नदी तथा खोलामा बाढी तथा भिरालो जमिनमा पहिरोको जोखिम रहेकाले सतर्कता अपनाउन आग्रह गरिएको छ ।


खबर सबै
-
नेपाली कांग्रेस बाणगंगा ९ को सभापतिमा थापाले पाए नेतृत्व
-
नेपाल प्रिमियर लिगका लागि डिआरएसको परीक्षण, लिगलाई आइसिसीको मान्यता अन्तिम चरणमा
-
बंगालको खाडीबाट आउँदैछ ठूलो वर्षाको खतरा, असोज १० सबैभन्दा जोखिमपूर्ण
-
बुटवल–गोरुसिङ्गे सडक : दुई वर्षमा अट्ठाइस प्रतिशत काम
-
पाल्पामा गाडी दुर्घटना, एक जनाको मृत्यु
-
माउण्ट एभरेस्ट सहकारीकाे २८ ओैँ साधरणसभा सम्पन्न
-
बुटवल–गोरुसिङ्गे सडक : दुई वर्षमा अट्ठाइस प्रतिशत काम
-
पाल्पामा गाडी दुर्घटना, एक जनाको मृत्यु
-
माउण्ट एभरेस्ट सहकारीकाे २८ ओैँ साधरणसभा सम्पन्न
-
‘कालो केश’मा असिम क्षेत्रीको फरक अवतार, दर्शकको रोजाइमा नयाँ गीत
-
एकैदिन तोलामा ३६ सय रूपैयाँ बढ्यो सुनको भाउ, आज कतिमा हुँदैछ किनबेच?
-
लुम्बिनी प्रदेशमा आजदेखि संविधान दिवसका कार्यक्रम सुरु






प्रतिक्रिया