

असमान तलब बृद्धीले कपिलवस्तुमा नायव सुब्बाहरुको बिरोध





कपिलवस्तु । असमान रुपमा भएको तलब वृद्धिको विरोधमा कपिलवस्तुका विभिन्न कार्यालयमा कार्यरत नायब सुब्बाहरुले भुमिसुधार कार्यालयमा पत्रकार सम्मेलन गरी आफुहरुका माग सम्बोधन हुनुपर्ने बताएका छन् ।
लुम्बिनी प्रदेशका केही जिल्लामा नायब सुब्बाहरुले जिल्ला प्रशासन कार्यालयमा धर्ना दिएका थिए भने कपिलवस्तुमा भुमिसुधार कार्यालय परिसरमा पत्रकार सम्मेलन गरी आफुहरुका मागबारे ध्यानाकर्षण गरिएको बाणगंगा नगरपालिकामा कार्यरत नायब सुब्बा सन्तोष थापाले बताउनुभयो ।
कार्यक्रममा नेपाल निजामति कर्मचारी संगठनका जिल्ला अध्यक्ष प्रकाश गौतमले संगठनका तर्फबाट आफुले नयव सुब्बाहरुको मागलाई न्योचित तवरबाट सम्बोधन गराउनका लागि पहल गर्ने बताउनुभएको थियो ।
जिल्ला प्रशासन कार्यालय, मालपोत, हुलाक तथा नगरपालिकाका कर्मचारीहरुको सहभागितामा भुमिसुधार कार्यालयको अगाडी पत्रकार सम्मेलन गरी आफ्ना मागहरु यथासक्य सम्बोधन हुनुपर्ने माग राखिएको नासु थापाले बताउनुभयो ।
यस्तै उता गुल्मीमा पनि कर्मचारीहरुले जिल्ला प्रशासन कार्यालय अगाडी धर्ना दिएका छन्् । निर्वाचन कार्यालयका नासु मेघलाल पाण्डेले सबै काम नायब सुब्बाले गर्नुपर्ने र कार्यालय धान्नुपर्ने अवस्था हुँदा पनि राज्यले नासुहरुलाई विभेद गरेकाले आन्दोलनमा जान बाध्य भएको बताउनुभयो ।
विभिन्न कार्यालयमा कार्यरत नासुहरु जिल्ला प्रशासन कार्यालयमा धर्नामा बसेपछि कार्यालयहरुबाट सम्पादन हुने कामहरु प्रभावित भएका थिए ।


खबर सबै
-
कपिलवस्तुबाट १७५ जना हज यात्रामा जाँदै, गिरयाे बिदाइ
-
कपिलवस्तुको ‘कोइलीचौर वन’ बन्यो अन्य जिल्लाका सामुदायिक वनका लागि ‘सिकाइ केन्द्र’
-
मुख्यमन्त्री विजयले के गरे पहिलो निर्णय ?
-
एसईईको नतिजा सार्वजनिक गर्ने तयारी, यसरी हेर्न सकिन्छ नतिजा !
-
दर्पण युवा क्लब राजपुरकाे अधिवेशनबाट नयाँ नेतृत्व चयन
-
स्रोत नखुलेको ६ लाख भारतिय रुपैंयासहित दुई जना पक्राउ
-
एसईईको नतिजा सार्वजनिक गर्ने तयारी, यसरी हेर्न सकिन्छ नतिजा !
-
दर्पण युवा क्लब राजपुरकाे अधिवेशनबाट नयाँ नेतृत्व चयन
-
स्रोत नखुलेको ६ लाख भारतिय रुपैंयासहित दुई जना पक्राउ
-
भलवाडमा ‘सहकारी पसल’ उद्घाटन, दैनिक उपभोग्यदेखि कृषि बिउविजनसम्म अब एउटै थलोमा
-
सानाकिसानद्वारा कृषि यान्त्रिकरण सामग्री वितरण
-
मानवता र सेवाभाव फैलाउँदै युनाइटेड स्टुडेन्ट एकेडेमीका विद्यार्थी











प्रतिक्रिया