

चितवन ३ बाटै चुनाव लड्ने प्रचण्डको घोषणा



काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आगामी मंसिरमा हुने प्रतिनिधिसभा निर्वाचनमा चितवन क्षेत्र नम्बर ३ बाटै उम्मेदवारी दिने प्रस्ट पारेका छन् । जापान भ्रमणमा रहेका अध्यक्ष प्रचण्डले मंगलबार टोकियोमा रहेका नेपाली पत्रकारहरूसँगको कुराकानीमा मंसिर ४ मा हुने निर्वाचनमा आफू चितवन ३ बाटै चुनाव लड्ने बताएका हुन् ।
‘मैले प्रष्टसँग ४–५ महिना अगाडिदेखि भनेको छु । म अन्तबाट होइन, चितवनबाटै लड्छु, चितवनको पनि क्षेत्र नम्बर ३ बाटै लड्छु । बरु तपाईंहरु जापानमा रहने साथीभाइहरूले पनि सहयोग गर्नुहोला’, प्रचण्डको भनाइ छ । उनले आफूलाई विभिन्न जिल्ला रुकुम, गोरखा, धनुषा, सिरहा, कालिकोटबाट चुनाव लड्न प्रस्ताव आए पनि आफूले चितवनबाटै उम्मेदवारी दिने निर्णय गरेको बताए ।
उनले चितवन देशको केन्द्रविन्दुमा भएको भन्दै विकासको तीब्र गतिमा जाने सम्भावना समेत रहेकाले देशभरि सन्देश जाओस् भनेर चितवनलाई महत्व दिएको बताए । ‘मलाई चुनाव लड्नप¥यो भनेर रुकुम, गोरखा, धनुषा, सिरहा, कालिकोटका साथीहरुले भन्नुभएको छ, भित्रैदेखि भन्नुभएको छ । साथीहरुलाई प्रचण्ड आइदिएदेखि जिल्लाको विकास ब्यापक रुपले हुन्थ्यो, जिल्लाको पहिचान हुन्थ्यो भन्ने लागेको छ । तर साथीहरु सबैलाई धन्यवाद भन्दै म चाहिँ यसपटक चितवनबाटै लड्छु भनेको छु ।’ त्यसक्रममा प्रचण्डले आफू प्रधानमन्त्री बन्ने दौडमा नरहेको पनि बताए । ‘अहिले पनि प्रधानमन्त्रीको प्रस्ताव छ, तर म प्रधानमन्त्रीको रेसमा छैन’, प्रचण्डको भनाइ छ ।


खबर सबै
-
नेपाली कांग्रेस बाणगंगा ९ को सभापतिमा थापाले पाए नेतृत्व
-
नेपाल प्रिमियर लिगका लागि डिआरएसको परीक्षण, लिगलाई आइसिसीको मान्यता अन्तिम चरणमा
-
बंगालको खाडीबाट आउँदैछ ठूलो वर्षाको खतरा, असोज १० सबैभन्दा जोखिमपूर्ण
-
बुटवल–गोरुसिङ्गे सडक : दुई वर्षमा अट्ठाइस प्रतिशत काम
-
पाल्पामा गाडी दुर्घटना, एक जनाको मृत्यु
-
माउण्ट एभरेस्ट सहकारीकाे २८ ओैँ साधरणसभा सम्पन्न
-
बुटवल–गोरुसिङ्गे सडक : दुई वर्षमा अट्ठाइस प्रतिशत काम
-
पाल्पामा गाडी दुर्घटना, एक जनाको मृत्यु
-
माउण्ट एभरेस्ट सहकारीकाे २८ ओैँ साधरणसभा सम्पन्न
-
‘कालो केश’मा असिम क्षेत्रीको फरक अवतार, दर्शकको रोजाइमा नयाँ गीत
-
एकैदिन तोलामा ३६ सय रूपैयाँ बढ्यो सुनको भाउ, आज कतिमा हुँदैछ किनबेच?
-
लुम्बिनी प्रदेशमा आजदेखि संविधान दिवसका कार्यक्रम सुरु






प्रतिक्रिया