

दूध उत्पादनमा पाणिनी गाउँपालिका आत्मनिर्भर





अर्घाखाँची । अर्घाखाँचीको पाणिनी गाउँपालिका दूध उत्पादनमा आत्मनिर्भर बनेको छ । यहाँ वार्षिक ९ लाख लिटर दूध उत्पादन हुने गरेको छ । पाणिनीमा उत्पादन भएको दूध पाणिनीमा नै खपत भएको छ । पाणिनीमा संकलन भएको दूध ग्रामिण भेग निगालीमा रहेको छुर्पी उद्योगमा उत्पादीत दूध खपत हुन्छ ।
उत्पादन भएको छुर्पी पोखरा, काठमाडौं तथा विदेशमा निर्यात हुँदै आएको छ । उत्पादन गरेको दूध बिक्री गर्न समस्या नभएका कारण दूध उत्पादनमा वृद्धि भएर कृषक आत्मनिर्भर बनेका छन् ।
अर्घाखाँचीको पाणिनी गाउँपालिका–४ पटौटीका ३० वर्षिय माधव घिमिरेलाई विदेश जाने मोह लागेन । ३ वर्ष भारतमा रोजगारी गरेर गाउँ फर्किएका घिमिरे व्यावसायीक कृषक बने । गाई र भैंसी पालन व्यवसायमा संलग्न घिमिरेले मासिक ४५ हजारको दूध बिक्री गर्छन् ।
३८ वर्षिय नारायण अधिकारीले ५ वटा गाई पालेका छन् । उत्पादनका आधारमा गाउँपालिकाले अनुदान दिन थालेपछि दूध उत्पादन वृद्धि भएको छ ।
“जसले धेरै दूध उत्पादन गरेर सहकारी तथा डेरीमा बिक्री गर्न ल्याउँछन् उसैले बढी अनुदान पाउँछ” अधिकारीले भने । पाणिनीको मैदान नेटामा रहेको डेरीमा मात्रै वार्षिक १ करोड भित्रिने सफल दूध तथा उत्पादन सहकारीका अध्यक्ष देवीलाल न्यौपाने बताउँछन् । १६० कृषक आवद्ध रहेको दुग्ध उत्पादक सहकारीमा उत्पादन वृद्धि गर्न गाउँपालिकाले उत्पादनमुखी कार्यक्रम ल्याउनुपर्ने न्यौपाने बताउँछन् ।
पाणिनी गाउँपालिकाले आर्थिक वर्ष २०७५÷०७६ बाट दूधमा अनुदान दिन थालेको पाणिनी गाउँपालिकाले कृषकलाई नगद करिब ९१ लाख वितरण गरेको छ । उत्पादनका आधारमा अनुदान दिँदा कृषकलाई पेशाप्रति हौसला बढ्ने र थप उत्पादनमा वृद्धि भएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत हुमलाल भुसाल बताउँछन् ।


खबर सबै
-
कपिलवस्तुबाट १७५ जना हज यात्रामा जाँदै, गिरयाे बिदाइ
-
कपिलवस्तुको ‘कोइलीचौर वन’ बन्यो अन्य जिल्लाका सामुदायिक वनका लागि ‘सिकाइ केन्द्र’
-
मुख्यमन्त्री विजयले के गरे पहिलो निर्णय ?
-
एसईईको नतिजा सार्वजनिक गर्ने तयारी, यसरी हेर्न सकिन्छ नतिजा !
-
दर्पण युवा क्लब राजपुरकाे अधिवेशनबाट नयाँ नेतृत्व चयन
-
स्रोत नखुलेको ६ लाख भारतिय रुपैंयासहित दुई जना पक्राउ
-
एसईईको नतिजा सार्वजनिक गर्ने तयारी, यसरी हेर्न सकिन्छ नतिजा !
-
दर्पण युवा क्लब राजपुरकाे अधिवेशनबाट नयाँ नेतृत्व चयन
-
स्रोत नखुलेको ६ लाख भारतिय रुपैंयासहित दुई जना पक्राउ
-
भलवाडमा ‘सहकारी पसल’ उद्घाटन, दैनिक उपभोग्यदेखि कृषि बिउविजनसम्म अब एउटै थलोमा
-
सानाकिसानद्वारा कृषि यान्त्रिकरण सामग्री वितरण
-
मानवता र सेवाभाव फैलाउँदै युनाइटेड स्टुडेन्ट एकेडेमीका विद्यार्थी











प्रतिक्रिया