

कोसी मात्र होइन, अन्य नदी पनि धार परिवर्तन गर्दै

सप्तकोसीले बुधबार बिहान धार परिवर्तन गरेपछि उदयपुरको बेलका नगरपालिकाका एक हजारभन्दा बढी घर डुबानमा परेका छन् तर यो कोसीको मात्र समस्या होइन। नेपालका अन्य ठूला साना नदीमा पनि धार परिवर्तनको समस्या रहेको छ।
मध्य नेपाल भएर बग्ने नारायणी नदीले पनि बेलाबेलामा बहाव फेर्न बल गरिरहन्छ। गत वर्ष चितवनको सिसवार पोस्टबाट नारायणीले बहाव फेर्न खोजेको चितवनका प्रमुख जिल्ला अधिकारी अस्मान तामाङले बताए । नारायणीपश्चिम हुँदै जाँदा पूर्वी र पश्चिम नवलपरासीका विभिन्न क्षेत्रमा बहाव परिवर्तनको प्रयास भइरहेको नवलपरासीपूर्वका प्रमुख जिल्ला अधिकारी सुमन घिमिरेले बताए । गत वर्ष कमला नदीले बहाव परिवर्तन गर्दा धनुषाका धेरै बस्ती डुबानमा परे।
यस वर्ष पनि ती क्षेत्र जलमग्न छन्। पश्चिम र सुदूरपश्चिम नेपालको कर्णाली र महाकालीको बहाव परिवर्तनले पनि बारम्बार बाढी, डुबानजस्ता विपत्को समस्या बढाएको छ। गत वर्षको वर्षामा महाकाली सदरमुकाम पसेपछि हाहाकार मच्चिएको थियो। नेपालमा छ हजारभन्दा बढी नदी र खोला उत्तरबाट दक्षिणतर्फ बग्छन्। तीमध्ये कोसी, नारायणी, कर्णाली र महाकालीजस्ता हिम उद्गमस्थल भएका नदी बाह्रै महिना बग्छन्। मनसुनको समयमा यी नदीको बहाव बढ्ने र परिवर्तन हुँदा नदी तटीय क्षेत्रमा बाढी र डुबानले क्षति पु-याउने गरेको छ। आजको गोरखापत्र दैनिकमा समाचार छ ।


खबर सबै
-
रुपन्देही : विद्युत् सबस्टेसनबाट १६ अजिङ्गरका बच्चा उद्धार
-
अर्घाखाँचीमा साठी हजार टिमुरका बिरुवा रोपिँदै
-
प्याराग्वेसँग गोलरहित बराबरी खेल्दै अस्ट्रेलिया विश्वकपको नकआउट चरणमा
-
भेनेजुएला भूकम्पमा २३५ जनाको मृत्यु, ३९ हजारभन्दा धेरै मानिस बेपत्ता आशंका
-
यी हुन् रास्वपाका ९९ विजयी केन्द्रीय सदस्य
-
‘प्रदीप प्रिन्टिङ वल्र्ड’बाट चम्किएका ‘प्रदीप’ : लुम्बिनी प्रदेशमै बने ‘उत्कृष्ट युवा उद्यमी’
-
भेनेजुएला भूकम्पमा २३५ जनाको मृत्यु, ३९ हजारभन्दा धेरै मानिस बेपत्ता आशंका
-
यी हुन् रास्वपाका ९९ विजयी केन्द्रीय सदस्य
-
‘प्रदीप प्रिन्टिङ वल्र्ड’बाट चम्किएका ‘प्रदीप’ : लुम्बिनी प्रदेशमै बने ‘उत्कृष्ट युवा उद्यमी’
-
विश्व बजारमा कच्चा तेलको मूल्य मध्यपूर्वको युद्ध शुरू हुनुअघि भन्दा पनि सस्तो
-
एन्फा निलम्बन प्रकरण : इतिहासमै ठूलो धक्का, समस्या समाधान कसरी होला ?
-
बुटवलमा नक्कली औषधि भेटिएको घटनाप्रति संघको गम्भीर ध्यानाकर्षण









प्रतिक्रिया