कोइलीले बगाएका एकको शव फेला, बेपत्ता भएका सुनारको खोजी कार्य जारी

राजेन्द्र खनाल, कपिलवस्तु । कपिलवस्तुको बाणग्ांगा नगरपालिका वडा नम्बर ९ स्थित कोइली नदिले एकै परिवारका तीन जनालाई बगाएको छ । मंगलबार बिहान जंगली साग (निउरो) टिप्न भलवाड स्थित कोटिहवा सामुदायिक वन क्षेत्र भित्र पर्ने कोइली नदिमा पुगेका बाणगंगा ७ स्थित बाणिगाउँका वर्ष ३१ का बिरबहादुर सुनार, उनकी पत्नी वर्ष २६ कि राममाया सुनार र वर्ष १२ का छोरा निरज सुनारलाई खोलामा आएको बाढीले बगाएको थियो ।
बाढीको बहावले छोरा निरजलाई करिब ५ सय मिटर तल पु¥याएपछि नदि किनारमा फालेको थियो भने उनी सकुशल रहेका छन् । उनलाई हाल कोटिहवा वनका अध्यक्ष फर्सबहादुर बस्नेतको घरमा राखिएको छ । यद्यपी उनकी आमा २६ वर्षीय राममाया सुनारको भने नदिले बगाएको स्थान देखि झण्डै १ किलोमिटरको दुरीमा शव फेला परेको छ । बिरबहादुरको भने खोजी कार्यँ जारी छ ।
अविरल बर्षासंगै आएको बाढीले बगाएर वेपत्ता भएका दुई जना मध्ये एक जनाको शव भेटिएको हो ।

हाल नदीमा हराएका बीर बहादुर सुनारको खोजकार्य जारी छ । उनको खोजी कार्यका लागि नेपाल प्रहरी, शसस्त्र प्रहरी सहितको टोली नदीमा परिचालित छन् ।

कोइली नदी तर्ने क्रममा बुवाआमालाई नदीले बगाए पनि १२ बर्षीय छोरा निरज सुनार भने बाँच्न सफल भए । उनले आफुलाई बुवा र आमाले हात छोपेर नदि तार्न लागेकोमा तीनै जनालाई एक्कासी आएको बाढीले बगाएको बताएका छन् । आफुलाई पानीको छालले नदिको किनारमा पु¥याएका कारण बाच्न सफल भएको बताए । बाबु र आमालाई त्यस पछि आफुले नदेखेको उनी भन्छन् । कक्षा सातमा अध्ययनरत निरजको परिवार सधै जसो जंगली साग टिप्न सो नदिमा जाने गरेका थिए । उनीहरु जंगली साग टिपेर आफ्नो गुजारा समेत चलाउँदै आएको बताइएको छ । घरमा निरजका एक भाई समेत छन् ।

निरजलाई बाढीले नदी किनारमा उछुट्याएको र उनलाई देखेपछि स्थानीयले उद्धार गरेका थिए । उनीहरु बिहान ६ बजे नदिमा निउरो टिप्न पुगेका थिए । करिब ९ बजेको समयमा आएको बाढीले उनीहरुलाई बगाएको हो ।

यसैबिच कोइली नदिमा आएको बाढीले सुनार परिवारलाई बगाएको खबर पाएलगत्तै प्रमूख जिल्ला अधिकारी धर्मेन्द्र मिश्रा समेत मोतिपुर स्थित कोइली कजवेमा आएका थिए । नदिमा पानीको सतह बढी भएका कारण उनी घटना स्थल सम्म पुग्न पाएनन् ।
यस अघि पनि लगातार तीन वर्ष सम्म सो नदीले मानविय क्षेती गरेको छ । गत वर्ष अर्घाखाँचीका एक जनाको ज्यान गएको थियो भने त्यस अघिको वर्ष पनि तीन जनाले ज्यान गुमाएका थिए । यस वर्ष पनि नदिमा आएको बाढीले बगाउँदा यो घटना निम्तिएको हो ।

प्रतिक्रिया

खबर सबै