

अब स्वाधिन सरकार गठन हुनुपर्छ : नेता धर्मेन्द्र बास्ताेला

नेकपा(बहुमत) दाङमा अन्तरक्रिया कार्यक्रम सम्पन्न,स्वाधीन सरकार निर्माण गराैं : कंचन
नेपाल कम्युनिस्ट पार्टी(बहुमत) पहिलो जिल्ला सम्मेलन समितिको अायाेजनामा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । आज दाङ घाेराहिमा सम्पन्न अन्तरक्रिया कार्यक्रमका प्रमुख अतिथि नेपाल कम्युनिस्ट पार्टी(बहुमत) केन्द्रीय संयाेजक धर्मेन्द्र बास्ताेला कंचनले देश साम्राज्यवादीहरुकाे क्रियास्थलबाट ग्रसित भई संसदीय व्यवस्था मार्फत नेपाललाई युक्रेन बनाउन थालेको हुँदा यस्तो अाईपर्ने समस्या समाधानका निमित्त अन्त्य गर्न स्वाधिन संयुक्त सरकार गठन गरेर कार्यन्वयनमा जान सकिने बताउनुभयो ।
बास्तोलाले अब स्वाधिन सरकार गठन हुनुपर्ने बताउनुभयो । स्वाधिन हुन सबैले चाहेको भएपनि अहिलेका पार्टीका नेताहरु स्वाधिन हुन नसकेको उहाँको भनाई छ । ‘स्वाधिन हुन सबैलाई मन छ, तर अहिलेका नेताहरु शेरबादुर देउवादेखि प्रचण्ड, माधव, केपी ओली सबै स्वाधिन हुुन सक्नुभएको छैन,’ उहाँले भन्नुभयो, ‘किनकी कसैबाट दमिद,परिचालित हुनपरेको छ ।’
त्यसैका कारणले अहिले अमेरिकी सहयोग एमसीसी पास गर्ने मन नहुँदा नहुँदैपनि एमसीसी संसदबाट पास भएको बास्तोलाले बताउनुभयो । कसैबाट दमित नहुनका लागि अबको आवश्यक्ता स्वाधिन सरकार गठन हुनुपर्ने उहाँले बताउनुभयो । जसका लागि संसदीय व्यवस्थाको अन्त्य हुन नसकेपनि प्रणालीको अन्त्य गर्नुपर्ने, राजनीतिक स्थिरताको ग्यारेण्टी हुनुपर्ने, सामाजिक रुपान्तरण हुनुपर्ने,शान्ति स्थापना हुनुपर्ने,समृद्धिको सुनिश्चिता, स्वाधिनता स्थापित हुनुपर्ने उहाँले माग राख्नुभयो ।
कार्यक्रममा नेपाल कम्युनिस्ट पार्टी(एमाले) जिल्ला सचिव मनाेहरा बुढाथोकी,नेपाल कम्युनिस्ट पार्टी(माअाेवादि केन्द्र)का विश्व,नेपाल कम्युनिस्ट पार्टी(एकीकृत समाजवादी) जिल्ला अध्यक्ष चुरामणि बेलवासे,नेपाल कम्युनिस्ट पार्टी(क्रान्तिकारी माअाेवादि) का गाेपाल खत्री,राष्ट्रिय जनमाेर्चा नेपालका अध्यक्ष गणेश अाचार्य र प्रध्यापक तथा बुद्धिजीवी रामप्रसाद जैसिले अाअाफ्ना धारणा राख्नु भएको थियोे ।
कार्यक्रममा नेपाल कम्युनिस्ट पार्टी(बहुमत) काे केन्द्रीय सचिवालय सदस्य तथा लुम्बिनी ब्युरो ईन्चार्ज,केन्द्रीय सदस्य सितल,नेपाल कम्युनिस्ट पार्टी(बहुमत) लुम्बिनी ब्युरो सदस्य दिग्दर्शन,जनपत्रकार संगठन नेपाल लुम्बिनी प्रदेश संयाेजक मुक्ति गैरे,अखिल(क्रान्तिकारी) का केन्द्रीय काेषाध्यक्ष दिपक बिष्ट र नेपाल पत्रकार महासंघ दाङ जिल्ला शाखाका अध्यक्ष दुर्गालाल केसि लगायतका अतिथिहरुकाे उपस्थिति रहेको थियोे भने कार्यक्रम अध्यक्षता कमरेड तिलक,स्वागत मन्तव्य नारायण भण्डारि र संचालन बिष्णु ओलिले गर्नु भएको थियो ।


खबर सबै
-
भर्तापुरमा विद्यालयस्तरीय ‘वक्तृत्वकला’ र ‘चित्रकला’ प्रतियोगिता सम्पन्न
-
एमाले उपाध्यक्ष विष्णु पौडेल पक्राउ
-
अन्तर्राष्ट्रिय योग दिवसः जस्मिन बड्स स्कुलमा योगाभ्यास
-
बर्दियामा लागूऔषध ब्राउन सुगरसहित दुईजना पक्राउ
-
गुनासा सुन्न गृह मन्त्रालयले सुरू गर्यो कल सेन्टर
-
यात्रुवाहक बस र ट्रक ठोक्किदा एक जनाको मृत्यु









प्रतिक्रिया