

चुच्चे नक्सा जारी गरेकै कारण प्रधानमन्त्रीबाट हट्नुपर्याे : ओली





काठमाण्डाै
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले चुच्चे नक्सा (लिपुलेक, लिम्पियाधुरा र कालापानीसहितकाे) जारी गरेकै कारण आफू प्रधानमन्त्रीबाट हट्नुपरेको दाबी गर्नुभएकाे छ । अध्यक्ष ओलीले त्याे भू–भाग नेपालको हो भन्ने कुरामा विवाद नभएकाले आफूले त्यसलाई नेपालको नक्सामा राखेकै कारण आफू प्रधानमन्त्री पदबाट हट्नुपरेको बताउनुभएको हो ।
आज सोमवार काठमाण्डाैमा आयोजित डा. द्वारिकानाथ ढुंगेलद्वारा लिखित पुस्तक ‘चक्रव्यूहमा नेपालको जलस्रोत’ को लोकार्पण समारोहमा उहाँले नेपालको भूगोल समेटिएको नक्सा जारी गरेपछि उपद्रो हुन्छ भन्ने आफूलाई लागेको र त्यसैअनुसार प्रधानमन्त्री पद गुमाउनु पुगेको बताउनुभयो ।
उहाँले भन्नुभयाे, ‘लिम्पियाधुरा, लिपुलेक, कालापानी नेपालको भू–भाग हो । हामी अर्घेल्याइँ गर्न चाहँदैनौँ । मैले भनेँ– राष्ट्रिय हित गर्दा राष्ट्रको पक्षमा अन्यायपूर्ण दाबी गर्न सकिँदैन, गर्नु हुँदैन । न्यायोचित मात्रै दाबी गर्नु पर्दछ । लिम्पियाधुरा, लिपुलेक, कालापानी जो १८१६ जनवरीमा सम्झौता भएर मार्चमा त्यो कार्यान्वयन भइसकेको सुघौली सन्धिले महाकालीको उद्गमस्थलको पूर्वपट्टिको भू–भाग नेपालको हो भनेर भनिसकेपछि यसमा विवादको विषय नै हुन सक्दैन । तर कहिलेबाट छोडियो ? नेपालको नक्साबाट त्यो भू–भाग हटाइयो । त्यसलाई नक्सामा सामेल गरेपछि त्यति बेला नै यहाँ ठूलाे उपद्राे मच्चिनेवाला छ भन्ने थाहा थियो । मैले प्रधानमन्त्रीबाट हट्नुपर्छ भन्ने कुरा थाहा थियो र नभन्दै हट्नुपर्याे ।’
ओलीले नाकाबन्दी सधैँका लागि अन्त्य गरेबापत आफूले यसअघि पनि प्रधानमन्त्री पद गुमाउनु परेको उल्लेख गर्नुभयो । उहाँले प्रधानमन्त्री पद गुमाउनपर्दा आफूलाई कति पनि पिर नलागेको तर सत्तामुखी भएर अहिले भइरहेका गतिविधिले भने आफू चिन्तित भएको प्रतिक्रिया दिनुभयाे । उहाँले सत्तामुखी भएर राष्ट्रिय हितलाई तिलाञ्जली दिने काम नगर्न पनि सत्तारूढ दलहरूलाई पटक–पटक सचेत गराउनुभयो ।
कार्यक्रममा उहाँले २०२६ सालमा मातृकाप्रसाद काेइराला प्रधानमन्त्री हुँदा दक्षिण छिमेकीको १७ वटा सैन्य पोस्ट उत्तरी सिमानामा राख्ने गरी भएकाे सम्झौता हटाउने काम गरेबापत तत्कालीन प्रधानमन्त्री कीर्तिनिधि विष्टले पनि आफूले जस्तै प्रधानमन्त्री पद गुमाउनु परेको स्मरण गराउनुभयो ।
देशको राष्ट्रिय हित र स्वाभिमानको रक्षाका लागि पूर्वजहरूले ज्यान दिए/लडे, हामीले अडेमात्रै पनि पुग्ने उहाँको भनाइ थियो ।


खबर सबै
-
कपिलवस्तुबाट १७५ जना हज यात्रामा जाँदै, गिरयाे बिदाइ
-
कपिलवस्तुको ‘कोइलीचौर वन’ बन्यो अन्य जिल्लाका सामुदायिक वनका लागि ‘सिकाइ केन्द्र’
-
मुख्यमन्त्री विजयले के गरे पहिलो निर्णय ?
-
एसईईको नतिजा सार्वजनिक गर्ने तयारी, यसरी हेर्न सकिन्छ नतिजा !
-
दर्पण युवा क्लब राजपुरकाे अधिवेशनबाट नयाँ नेतृत्व चयन
-
स्रोत नखुलेको ६ लाख भारतिय रुपैंयासहित दुई जना पक्राउ
-
एसईईको नतिजा सार्वजनिक गर्ने तयारी, यसरी हेर्न सकिन्छ नतिजा !
-
दर्पण युवा क्लब राजपुरकाे अधिवेशनबाट नयाँ नेतृत्व चयन
-
स्रोत नखुलेको ६ लाख भारतिय रुपैंयासहित दुई जना पक्राउ
-
भलवाडमा ‘सहकारी पसल’ उद्घाटन, दैनिक उपभोग्यदेखि कृषि बिउविजनसम्म अब एउटै थलोमा
-
सानाकिसानद्वारा कृषि यान्त्रिकरण सामग्री वितरण
-
मानवता र सेवाभाव फैलाउँदै युनाइटेड स्टुडेन्ट एकेडेमीका विद्यार्थी











प्रतिक्रिया