

प्युठान जीप दुर्घटनामा ज्यान गुमाउनेको संख्या ३ पुग्यो


बिजुवार । प्युठानमा भएको जीप दुर्घटनामा मृत्यु हुनेको संख्या तीन जना पुगेको छ । घटनास्थलमै एकजना र उपचारको क्रममा दुई जनाको अस्पतालमा ज्यान गएको हो।
दुर्घटनामा घाइते भएका रुपन्देहीको सिद्धार्थनगर नगरपालिका (४ कि ५४ वर्षीय कान्ति कर्ण र मायादेवी गाउँपालिका वडा नम्बर ३ का ७० वर्षीय पटवारी कुहारको एडवन सिटी अस्पतालम बुटवलमा उपचारको क्रममा मृत्यु भएको हो। यस्तै, ३२ वर्षीय गुडिया ठाकुरको घटना स्थलमै मृत्यु भएको थियो । घाइतेहरुको अहिले बुटवल र भैरहवा स्थित अस्पतालमा उपचार भइरहेको छ ।
सिद्धार्थ नगरपालिका र मायादेवी गाउंपालिकाबाट आफन्तजन मिलेर जीप रिजर्व गरि १७ जना स्वर्गद्वारी मन्दिर दर्शन गर्न गएका थिए । स्वर्गद्वारीबाट भिङ्ग्रीतर्फ आउदै गरेको लु ३ च ३५३ नम्वरको जीप शनिबार स्वर्गद्वारी नगरपालिका ४ भ्यागुतेमा दुर्घटनामा परेको थियो । ब्रेक फेल भएर जीप दुर्घटनामा परेको हुन सक्ने प्रहरी नायव उपरीक्षक सत्यनारायण थापाले बताउनुभयो।


खबर सबै
-
ल्हेन्दे खोलामाथि बनेको तालमा एक हजार वटा स्विमिङ पुल बराबरको पानी
-
प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ३६ घन्टामै एक अर्ब ९१ करोड सहयोग
-
खोजी र उद्धारमा ढिलाइ भएको गुनासोपछि सरकारले बढायो जनशक्ति, थपिए १२ सय सैनिक
-
मन्त्रिपरिषद्का सम्पूर्ण सदस्यले एक महिनाको पारिश्रमिक राहत कोषमा जम्मा गर्ने निर्णय
-
बाढीपीडितको राहतमा जुट्दै ‘लायन्स क्लब अफ कपिलवस्तु’
-
नेपालका दुई नदीको संगममा ठुलो जलाशय, चीनले दियो चेतावनी
-
मन्त्रिपरिषद्का सम्पूर्ण सदस्यले एक महिनाको पारिश्रमिक राहत कोषमा जम्मा गर्ने निर्णय
-
बाढीपीडितको राहतमा जुट्दै ‘लायन्स क्लब अफ कपिलवस्तु’
-
नेपालका दुई नदीको संगममा ठुलो जलाशय, चीनले दियो चेतावनी
-
विनाशकारी बाढी : मृतकको सङ्ख्या २७० पुग्यो
-
नेपालका लागि भारतबाट आइपुग्यो ३७.५ टन राहत सामग्री
-
भोटेकोसी बाढी : १७७ शव फेला, ३३ घाइते उपचाररत






प्रतिक्रिया