प्रतिबन्धित औषधिसहित कपिलवस्तुमा ३ जना पक्राउ

कपिलवस्तु : जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले प्रतिबन्धित औषधि सहित तीन जनालाई पक्राउ गरेको जनाएको छ । पक्राउ पर्नेमा रुपन्देही तिलोत्तमा नगरपालिका १ ड्राइभरटोल बस्ने वर्ष ३० को अनिल अधिकारी र विशाल गुरुङ रहेको प्रहरीले जनाएको छ ।

उनीहरुलाई जिल्लाको शुद्धोधन गाउँपालिका ३ लवनीबाट ‘विन्सपास्मोफोर्ट नामक औषधी ३० क्याप्सुल सहित नियन्त्रणमा लिइएको हो ।

यसै गरी शुद्धोधन गाउँपालिका ४ विठुवाबाट प्रहरी गस्तीटोलीले ९६ क्याप्सुल सोही औषधीसहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा लुम्बिनी सांस्कृतीक नगरपालिका ५ बस्ने वर्ष १९ को रविन गुप्ता रहेको जिल्ला प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक जेसी शाहले बताए ।

पक्राउ परेका ३ जनालाई औषधी ब्यवस्था विभाग काठमाडौँ पठाइएको छ ।

प्रतिक्रिया

खबर सबै