

कपिलवस्तुमा जिपिए ४ ल्याउने एक जना मात्रै





कपिलवस्तु । माद्यामिक शिक्षा परीक्षाका रूपमा लिएको एसईई परीक्षामा कपिलवस्तुबाट परीक्षामा सहभागी भएका कुल विद्यार्थीहरु मध्ये १ जना विद्यार्थीले मात्रै चार जिपिए ल्याएका छन् । सर्वाेत्कृष्ठ मानिने चार जिपिए ल्याउने एक जनामा मात्रै देखिएका हुन ।
जिल्ला शिक्षा समन्वय इकाई कपिलवस्तुका अनुसार कपिलवस्तुको होराइजन अंग्रेजी आवसीय माध्यमिक विद्यालयका छात्र करुण घिमिरेले ४ जिपिए ल्याएको जनाइएको छ । यस्तै कपिलवस्तुमा ३.६ देखि ४ सम्मको जिपिए ल्याउने विद्यार्थीको संख्या सामान्य धार तर्फ ८६ जना र प्राविधिक तर्फ १७ जना रहेको शिक्षा समन्वय ईकाईका शाखा अधिकृत अर्जुन कुवँरले जानकारी दिएका छन् ।
यस वर्षको एसईई परीक्षामा कपिलवस्तुमा ३.२ देखि ३.६ जिपिए ल्याउने विद्यार्थीको संख्या सामान्य तर्फ ३९१ र प्राविधिक तर्फ ५७ जना छन् । २.८ देखि ३.२ जिपिए ल्याउन सामान्य तर्फ ३६८ र प्राविधिक तर्फ १४५ छन भने २.४ देखि २.८ जिपिए ल्याउनेको संख्या सामान्य तर्फ १ हजार ४१ र प्राविधिक तर्फ १२१ जना रहेको कुवँरले जानकारी दिए । यस्तै जिपिए २ देखि २.४ ल्याउने सामान्य तर्फ १ हजार ७ सय ३६ जना र प्राविधिक तर्फ ६४ जना छन् । जिपिए १.६ देखि २ सम्म ल्याउने सामान्य तर्फ १ हजार ९ सय ३१ र प्राविधिक तर्फ ४ जना रहेका छन् ।
यस्तै जिपिए १.२ देखि १.६ ल्याउनेको संख्या सामान्य तर्फ मात्रै १ हजार २ सय ९ जना छन भने ०.९५ देखि १.२ जिपिए ल्याउने विद्यार्थीको संख्या ८८ जना रहेको जनाइएको छ । यसपटक कपिलवस्तुमा कुल परिक्षा आवेदन दिएकाहरु मध्ये सामान्य तर्फ २ सय ८८ जना र प्राविधिक तर्फ ९ जना गरी २९७ विद्यार्थी अनुपस्थित रहेका थिए ।
यस अघि आन्तरिक मूल्याङ्कनबाट एसईई परीक्षाको परिक्षाफल प्रकाशन भएकोमा यस पटक राष्ट्रिय परिक्षा बोर्डले खुल्ला परिक्षा मार्फत नतिजा सार्वजनिक गरेको हो । गत वैशाख ८ गतेदेखि सञ्चालन गरिएको एसईई परीक्षाको नतिजा राष्ट्रिय परीक्षा बोर्डले बुधबार सार्वजनिक गरेको थियो । प्रकाशित नतिजा अनुसार ९ वटा वर्गमा विद्यार्थीहरूको नतिजालाई प्राप्ताङ्क आधारमा छुट्ट्याइएको छ ।


खबर सबै
-
कपिलवस्तुबाट १७५ जना हज यात्रामा जाँदै, गिरयाे बिदाइ
-
कपिलवस्तुको ‘कोइलीचौर वन’ बन्यो अन्य जिल्लाका सामुदायिक वनका लागि ‘सिकाइ केन्द्र’
-
मुख्यमन्त्री विजयले के गरे पहिलो निर्णय ?
-
एसईईको नतिजा सार्वजनिक गर्ने तयारी, यसरी हेर्न सकिन्छ नतिजा !
-
दर्पण युवा क्लब राजपुरकाे अधिवेशनबाट नयाँ नेतृत्व चयन
-
स्रोत नखुलेको ६ लाख भारतिय रुपैंयासहित दुई जना पक्राउ
-
एसईईको नतिजा सार्वजनिक गर्ने तयारी, यसरी हेर्न सकिन्छ नतिजा !
-
दर्पण युवा क्लब राजपुरकाे अधिवेशनबाट नयाँ नेतृत्व चयन
-
स्रोत नखुलेको ६ लाख भारतिय रुपैंयासहित दुई जना पक्राउ
-
भलवाडमा ‘सहकारी पसल’ उद्घाटन, दैनिक उपभोग्यदेखि कृषि बिउविजनसम्म अब एउटै थलोमा
-
सानाकिसानद्वारा कृषि यान्त्रिकरण सामग्री वितरण
-
मानवता र सेवाभाव फैलाउँदै युनाइटेड स्टुडेन्ट एकेडेमीका विद्यार्थी











प्रतिक्रिया