बाणगंगाका प्रमुख प्रशासकीय अधिकृत पन्थीको ६ महिना मै सरुवा

कपिलवस्तु । कपिलवस्तुको बाणगंगा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतमा टेकराज पन्थी सरुवा हुनुभएको छ । पन्थी बुटवल उपमहानगरपालिकामा सरुवा हुनुभएको हो ।

पन्थी बाणगंगा नगरपालिकामै रहेर आफुलाई अझै धेरै काम गर्न मन भएको भए पनि विभिन्न कारणले सरुवा हुन परेको ई-साझाकुराकर्मीासँग बताउनुभयो । बाणगंगाको कार्यावधिभर सबै पक्षबाट आफुलाई राम्रो सहयोग भएको र नगरपालिका भित्रका कर्मचारीले समेत सहज सम्बन्ध स्थापना गरेका कारण प्रभावकारी काम गर्न सकिएको उहाँले बताउनुभयो । उहाँको रुपन्देही स्थित वुटवल उपमहानागरपालिकामा सरुवा भएको हो ।

२०७८ माघ ३ गते बाणगंगामा हाजिर हुन आउनुभएका प्रशासकीय अधिकृत पन्थी जम्मा ६ महिना बाणगंगामा बस्नुभयो । यस अघिका प्रशासकीय अधिकृतहरुको पनि बाणगंगामा पूर्ण एक वर्षे बसाइ हुन सकेको छैन । कपिलवस्तुमा सबैभन्द छिटो प्रशासकीय अधिृतहरुको सरुवा हुने थलको रुपमा समेत बाणगंगालाई हेर्ने गरीएको छ । यहाँ आउने हाकिमहरु किन लामो अवधि बस्न सक्दैनन वा पाउँदैनन् भन्ने विषय रहस्यमय छ ।

यसैबीच पन्थीको सरुवा सँगै अब बाणगंगामा कहाँ बाट को आउँछन् भन्ने चासोको विषय छ । नगर प्रवक्ता विष्णु पौडेलका अनुसार बाणगंगामा आउने नयाँ प्रशासकीय अधिृतको विषयमा अझै क्लिएर नभएको बताइएको छ । शुक्रबार सम्म सरुवा भई आउने प्रशासकीयको विषयमा जानकारी हुने उहाँले जनाकारी दिनुभयो ।

प्रतिक्रिया

खबर सबै