

डिभिजन वन कपिलवस्तुद्धारा भलवाडको खुतखुते सामुदायिक वनलाई सम्मान





कपिलवस्तु । कपिलवस्तुको बाणगंगा नगरपालिका वडा नम्बर ९ भलवाड स्थित खुतखुते सामुदायिक वनलाई डिभिजन वन कार्यालयले नगद राशी सहित सम्मान प्रत्रले सम्मान गरेको छ ।
बुधबार गोरुसिँगे स्थित मायाज होटलमा आयोजित मिडिया अन्तरक्रिया कार्यक्रम मार्फत वडा नम्बर ९ भर्लाबासमा रहेको खुतखुते सामुदायिका वन उपभोक्त समितिले वन व्यवास्थापनमा उत्कृष्ट कार्य गरेको भन्दै सम्मान गरिएको हो । वन कार्यसमितिका अध्यक्ष भिमबहादुर पुनले डिभिजन वन कार्यालयका प्रमूख बिजयराज सुवेदीबाट सम्मान पत्र ग्रहण गर्नुभएको थियो ।
कलिवस्तुको उत्तरी क्षेत्रमा रहेका सामुदायिक वनहरु मध्ये खुतखुते सामुदायिक वनले यस अघि पनि डिभिजन वन कार्यालयले प्रदान गर्ने विभिन्न पुरस्कार तथा सम्मान समेत पाइसकेको छ ।

बुधबार खुतखुते सामुदायिक वन सहित बाणगंगा नगरपालिकाको नव प्रभात सामुदायीक वनले पनि पुरस्कार पाएको छ । यस्तै सोही कार्यक्रम मार्फत जिल्लामा रहेर वन वातावरणत तथा वन्यजन्तु , सिमसार र वन विकासमा पत्रकारीताको माध्यमबाट योगदान पुर्याएको भन्दौ पत्रकार विकास वञ्जाडेलाई नगद रु. दश हजारसहित सम्मान पत्रले सम्मान गरिएको छ ।
कार्यक्रममा डिभिजन वन कार्यालय कपिलवस्तुका डिभिजन वन अधिकृत विजयराज सुवेदिले वन व्यवस्थापनका फरक आयामहरु र दिगो वन व्यवस्थापनका वषियमा जानकारी गराउनु भएको थियो । उहाँले विगतमा वन ऐन २०४९ तथा वन नियमावली २०५१ अनुसार वन कार्ययोजना तयार गरी कार्यान्वयन हुदैं आएको बताउनु भयो ।
नमूना मापनको आधारमा वनश्रोत सर्वेक्षण गरी मौज्दात आँकलन गरि वार्षिक स्वीकार्य कटानमा आधारित वन व्यवस्थापन गरिदै आएको उहाँको भनाई छ । २०७१ सालमा वैज्ञानिक वन व्यवस्थापन कार्यविधि अनुसार वन संवर्द्धन प्रणालिमा आधारित व्यवस्थापन हुंदै आइरहेकोमा हाल कार्यविधि खारेज भएको छ ।
२०७१ वमोजिम तथा सो अगावै तयार भै कार्यान्वयन भएका सामुदायिक,साझेदारी तथा चक्ला वनको कार्यायोजना कार्यान्वयनमा अन्यौलता सिर्जना भएको सुवेदिको भनाई छ । कार्यक्रममा उहाँले दिगो वन व्यवस्थापनको जानकारी दिदैं भन्नुभयो “वनले प्रदान गर्ने वस्तु (काठ दाउरा जडिबुटी) आदि तथा सेवा (जैविक विविधता कार्वन शोषण, हरियाली, पानी रिचार्ज गर्ने, खाद्य तत्व साइकल गर्ने) आदिको निरन्तरता वा अभिबृद्धि हुने गरी गरिने वन व्यवस्थापन नै दिगो वन व्यवस्थापन हो ।” ‘दिगो वन व्यवस्थापन एक अवधारणा हो ।’ यसलाई हासिल गर्न वन विज्ञानका सिद्दान्तको आधारमा बिभिन्न वन संवर्दन तथा व्यवस्थापनका कृयाकलापहरु ब्यवस्थित रुपमा लागू गर्नुपर्नेमा उहाँले जोड दिनुभयो । कार्यक्रममा वन व्यवस्थापन दिगो हुन पालन गर्नुपर्ने कुराहरु, अन्य वन व्यवस्थापनका कृयाकलापहरु, डिभिजन वन कार्यालयको वार्षिक प्रगति समिक्षा, सार्बजनिक सेवा प्रवाह, कार्यालयले गरेका नविनतम तथा उतकृष्ठ कार्यहरु, अन्य मुख्य समस्याहरू, समाधानका उपायहरू प्रस्तुत गर्दै पत्रकार हरुसंग सुझाव मागिएको थियो ।
कार्यक्रममा नेपाल पत्रकार महासंघका कोषाध्यक्ष मोहन वेल्वासेले सुझाव तथा प्रतिक्रिया राख्नु भएको थियो । पत्रकारका सुझाव तथा प्रतिक्रिया माथि डिभिजन वन अधिकृत सुवेदिले प्रष्ट पार्नु भएको थियो । कार्यक्रममा वैज्ञानिक वन ब्यवस्थापन कमिटी लुम्बिनी प्रदेश अध्यक्ष दिपक थापा, पत्रकार महासंघका अध्यक्ष किरनमान बर्जाचार्य लगाएतले भनाई राख्नु भएको थियो ।
जिल्लाका करिब ३५ भन्दा बढि पत्रकारहरु उपस्थित रहेको कार्यक्रमको सञ्चालन डिभिजन साहयक वन अधिकृत खिल बहादुर तामाङले गर्नु भएको थियो ।


खबर सबै
-
कपिलवस्तुबाट १७५ जना हज यात्रामा जाँदै, गिरयाे बिदाइ
-
कपिलवस्तुको ‘कोइलीचौर वन’ बन्यो अन्य जिल्लाका सामुदायिक वनका लागि ‘सिकाइ केन्द्र’
-
मुख्यमन्त्री विजयले के गरे पहिलो निर्णय ?
-
एसईईको नतिजा सार्वजनिक गर्ने तयारी, यसरी हेर्न सकिन्छ नतिजा !
-
दर्पण युवा क्लब राजपुरकाे अधिवेशनबाट नयाँ नेतृत्व चयन
-
स्रोत नखुलेको ६ लाख भारतिय रुपैंयासहित दुई जना पक्राउ
-
एसईईको नतिजा सार्वजनिक गर्ने तयारी, यसरी हेर्न सकिन्छ नतिजा !
-
दर्पण युवा क्लब राजपुरकाे अधिवेशनबाट नयाँ नेतृत्व चयन
-
स्रोत नखुलेको ६ लाख भारतिय रुपैंयासहित दुई जना पक्राउ
-
भलवाडमा ‘सहकारी पसल’ उद्घाटन, दैनिक उपभोग्यदेखि कृषि बिउविजनसम्म अब एउटै थलोमा
-
सानाकिसानद्वारा कृषि यान्त्रिकरण सामग्री वितरण
-
मानवता र सेवाभाव फैलाउँदै युनाइटेड स्टुडेन्ट एकेडेमीका विद्यार्थी











प्रतिक्रिया