

अर्घाखाँचीको सितगंगा १३ मा भिटा परियोजना उद्धाटन


राजेन्द्र खनाल, कपिलवस्तु । अर्घाखाँचीको सितगंगा नगरपालिका वडा नम्बर १३ भङ्गला गाउँका स्थानीयको कृषि उत्पदनमा बृद्धि र कृषक सहायता कार्यक्रमका लागि आर.पि.एस.एफ एपि.आई.ए तथा भिटा परियोजना मंगलबार उद्धाटन गरिएको छ ।
आइ.एफ.एडी र नेपाल सरकार अर्थ मन्त्रालयको संयुक्त लागनी सहित आर.सी.ओ.एफ (एपी.आइ.डी) तथा कृषि विकास बंैक ठाडा अर्घाखाँचीको आयोजनामा सो प्रोजेक्ट अन्र्तगत सितगंगा नगरपालिका वडा नम्बर १३ स्थित साना किसान कृषि तथा पशु विकास महिला सहकारी संस्था लिमिटेडसँगको सहजिकरणमा प्रशिक्षक प्रशिक्षण कार्यक्रम अन्र्तगत परियोजनाको पनि उद्धाटन गरिएको हो । वडा भित्रका किसानहरुको कृषि प्रणालीलाई आधुनिकिकरण गरी किसानहरुको आर्थिक विकास र क्षमता विकासका लागि परियोजना उद्धाटन समेत गरिएको सहजकर्ता कमला भुषाल न्यौपानेले जानकारी दिनुभयो ।
कार्यक्रममा सितगंगा साना किसान कृषि तथा पशु विकास महिला सहकारीका अध्यक्ष मानकुमारी बि.सीको अध्यक्षता तथा सितगंगा नगरपालिका उप मेयर गिता भाट क्षेत्रीको प्रमूख आतिथ्यता तथा वडा अध्यक्ष दुर्गा बि.सीको विशिष्ठ आतिथ्यता रहेको थियो ।
कार्यक्रममा कृषि विकास बैंक ठाडाका लेखापाल प्रकाश भट्टराई, भिपा प्रोजेक्टका फिल्ड सुपरभाइजर नारायण खनाल, वडा सदस्य बाबुराम बि.सी, आई.पास च्याम्पिएन बसन्त प्रसाद भुषाल लगाएतको आतिथ्यता रहेको थियो । कार्यक्रमको संचालन कमला भुषाल न्यौपानेले गर्नुभएको थियो । यो परियोजना अन्र्तगत सितगंगा नगरपालिकाका विभिन्न वडाका ६ जना सहजकर्ताहरुलाई प्रशिक्षण दिइएको छ । अब उनीहरुले कार्यक्रम लागु हुने वडाका किसानहरुलाई सामुहिकरण गरी कृषक समुह निर्माण, आर्थिक उपार्जनमा किसानलाई सहुलियत ऋण, तथा उनीहरुको उत्पादन बृद्धिका लागि काम गर्र्ने छन् ।
सितगंगाको वडा नम्बर १३ मा सहजकर्ता कमला भुषाल न्यौपानेले कृषकहरुसँग सहकार्य गरी परियोजनाका लागि सहजीकरण गर्नुहुने छ ।


खबर सबै
-
नेपालका दुई नदीको संगममा ठुलो जलाशय, चीनले दियो चेतावनी
-
विनाशकारी बाढी : मृतकको सङ्ख्या २७० पुग्यो
-
नेपालका लागि भारतबाट आइपुग्यो ३७.५ टन राहत सामग्री
-
भोटेकोसी बाढी : १७७ शव फेला, ३३ घाइते उपचाररत
-
रसुवामा आएको बाढीपछि दाङका १० जना सम्पर्कविहीन
-
रसुवामा बाढी आउनुअघि नेपाल–चीन सीमा नजिक ४.४ म्याग्निच्युडको भूकम्प
-
भोटेकोसी बाढी : १७७ शव फेला, ३३ घाइते उपचाररत
-
रसुवामा आएको बाढीपछि दाङका १० जना सम्पर्कविहीन
-
रसुवामा बाढी आउनुअघि नेपाल–चीन सीमा नजिक ४.४ म्याग्निच्युडको भूकम्प
-
रसुवा भन्सारबाट करिब पाँच सय गाडी बगाएको अनुमान, दुई दर्जन कर्मचारी सम्पर्कविहीन
-
बाढी प्रभावितलाई डब्लूएचओले राहत सामग्री पठाउने
-
रसुवागढी भन्सारका १४ कर्मचारी सम्पर्कविहीन






प्रतिक्रिया