
नयाँ पार्टीमा पनि बाबुराम भट्टराई संघीय परिषद अध्यक्ष बन्ने

काठमाडौं । डा.बाबुराम भट्टराईले गठन गर्ने नेपाल समाजवादी पार्टीमा पनि उनले संघीय परिषद अध्यक्षकै भूमिका निर्वाह गर्ने भएका छन् । उनी जसपा नेपालमा पनि संघीय परिषद अध्यक्ष थिए । नेपाल समाजवादी पार्टीमा दुईजना अध्यक्ष रहने स्रोतले जनाएको छ । स्रोतका अनुसार दुई जना अध्यक्षमा महिन्द्र राय यादव र गंगा श्रेष्ठ रहने भएका छन् । अन्य पदाधिकारीको विषयमा टुङ्गो लाग्न बाँकी रहेको बताइएको छ । यद्यपि भट्टराई भने संघीय परिषद अध्यक्षकै भूमिकामा रहने स्रोत बताउँछ ।
अध्यक्षमा खस आर्य, मधेसी र जनजाति गरी क्लष्टर मिलाइएको छ । महिन्द्र राय यादवलाई कार्यकारी अध्यक्ष दिए पनि विशेष अधिकार बाबुराम भट्टराईले नै राख्ने स्रोतले जनाएको छ । अधिकार बाँडफाँटको टुङ्गो भने लागेको छैन ।
संघीय परिषदको अध्यक्षलाई शक्तिशाली बनाउने र कार्यकारी भूमिकामा केन्द्रीय समितिका अध्यक्षलाई राख्ने गरी छलफल चलिरहेको एक नेताले बताए । पार्टीको दैनिक आइपर्ने काम कार्यकारी अध्यक्षले गर्नेछन् भने संघीय परिषदको अध्यक्षले नीतिगत निर्णयहरु गर्ने गरी छलफल चलिरहेको छ । सो पार्टीका नेता प्रशान्त सिंहले बाबुराम भट्टराई स्वयंले कार्यकारीमा भूमिकामा नबस्ने प्रस्ट पारिसकेको बताए ।
यद्यपि पूर्व नयाँ शक्ति पार्टीका नेताहरुले बाबुरामलाई नै कार्यकारी अध्यक्ष रहन आग्रह गर्दै आइरहेका थिए । तर उनले मानेका छैनन् । सो पार्टीका नेता गंगा श्रेष्ठले भने अहिले अध्यक्षको विषयमा छलफल नभएको दाबी गरे । उनले भने, ‘अध्यक्ष को रहने या नरहने विषयमा कुनै निर्णय भएको छैन, यो विषय ५–७ दिनमा टुङ्गो लाग्छ ।’
बाबुराम भट्टराई जसपामा पनि दुईजना अध्यक्ष हुनुपर्ने पक्षमा थिए । महन्थ ठाकुर पक्षले पार्टी छाडेर गइसकेपछि एउटा अध्यक्ष पद खाली थियो । सोही पदमा एक जना अध्यक्ष राख्न बाबुराम पक्षले माग गर्दै आएको थियो । तर जसपा अध्यक्ष उपेन्द्र यादव दुई वटा अध्यक्ष राख्ने पक्षमा थिएनन् । त्यसमै कुरा नमिलेपछि विवाद बढेर पार्टी विभाजन भएको हो ।
नयाँ पार्टी गठनको तयारीमा रहेका बाबुराम भटट्राईले दुई जना अध्यक्षको व्यवस्था गर्न लागेका छन् । रातोपाटीबाट ।


खबर सबै
-
श्रृङ्गीघाट सामुदायिक वनले दियाे अनुदानमा ई- रिक्सा,महिला उद्धमीलाई प्राेत्साहन
-
सरकारले गर्याे मन्त्रीपरिषद्बाट महत्वपूर्ण ७ निर्णय
-
अर्घाखाँचीको इतिहास : दुई राजाको सालिक निर्माण
-
ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
देशका अधिकांश भूभागमा वर्षाको सम्भावना
-
नारायणगढ–मुग्लिन सडकमा फेरि पहिरो, अर्को सूचना नभएसम्म सवारी सञ्चालन रोक






प्रतिक्रिया