

कसैकाे दबाब र सल्लाहमा नागरिकता विधेयक ल्याइएकाे हाेइन : गृहमन्त्री खाण





काठमाण्डाै
गृहमन्त्री बालकृष्ण खाणले नागरिकता विधेयक नागरिकता प्राप्त गर्नका लागि खुकुलो बनाउन नल्याइएको बताउनुभएको छ ।
आज सोमवार राष्ट्रिय सभामा नागरिकता ऐन संशोधन विधेयकमाथि सैद्धान्तिक छलफलमा उठेका प्रश्नको जवाफ दिँदै मन्त्री खाणले यस्तो बताउनुभएको हो । उहाँले संविधान अनुकूल नै नागरिकता संशोधन विधेयक ल्याएकोले आशङ्का नगर्न सांसदहरूलाई आग्रह गर्नुभयो । गृहमन्त्री खाणले नागरिकता ऐन पनि आवश्यकताअनुसार परिष्कृत हुने भन्दै नेपाली नागरिकलाई व्यवस्थित गरेर दिनका लागि संशोधित ऐन ल्याइएको बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘संविधान अनुकूल नै विधेयक ल्याइएको छ । याे विधेयकले नागरिकता प्राप्त गर्नका लागि खुकुलो बनाउन खाजेको होइन । अरू कसैको दबाब, परामर्श, सर–सल्लाह, कुनै कारणले विधेयक आएको होइन । गैरआवासीय नेपालीलाई संविधानले नै सांस्कृतिक आर्थिक, अधिकार प्रदान गर्ने गरी प्रमाणपत्र दिने संविधानको प्रावधान छ, त्यसलाई ऐनमा जस्ताको त्यस्तै राख्ने, गैरआवासीय नेपालीहरू नेपालमै जन्मिएका, बुबा, आमा, बाजे, बज्यैकै सन्तान हुन् । उनीहरूलाई पनि एकत्रित गरेर उनीहरूले नेपालमा लगानी गर्ने वातावरणका लागि दिन लागिएको हो ।’
मन्त्री खाणले झन्डै ६ लाखभन्दा धेरै नागरिकले नागरिकता नलिएका कारण विभिन्न सेवाबाट वञ्चित हुनुपरेको उल्लेख गर्नुभयो ।


खबर सबै
-
कपिलवस्तुबाट १७५ जना हज यात्रामा जाँदै, गिरयाे बिदाइ
-
कपिलवस्तुको ‘कोइलीचौर वन’ बन्यो अन्य जिल्लाका सामुदायिक वनका लागि ‘सिकाइ केन्द्र’
-
मुख्यमन्त्री विजयले के गरे पहिलो निर्णय ?
-
एसईईको नतिजा सार्वजनिक गर्ने तयारी, यसरी हेर्न सकिन्छ नतिजा !
-
दर्पण युवा क्लब राजपुरकाे अधिवेशनबाट नयाँ नेतृत्व चयन
-
स्रोत नखुलेको ६ लाख भारतिय रुपैंयासहित दुई जना पक्राउ
-
एसईईको नतिजा सार्वजनिक गर्ने तयारी, यसरी हेर्न सकिन्छ नतिजा !
-
दर्पण युवा क्लब राजपुरकाे अधिवेशनबाट नयाँ नेतृत्व चयन
-
स्रोत नखुलेको ६ लाख भारतिय रुपैंयासहित दुई जना पक्राउ
-
भलवाडमा ‘सहकारी पसल’ उद्घाटन, दैनिक उपभोग्यदेखि कृषि बिउविजनसम्म अब एउटै थलोमा
-
सानाकिसानद्वारा कृषि यान्त्रिकरण सामग्री वितरण
-
मानवता र सेवाभाव फैलाउँदै युनाइटेड स्टुडेन्ट एकेडेमीका विद्यार्थी











प्रतिक्रिया