

आज पनि प्रतिनिधिसभाको बैठक बस्दै, यस्ता छन् कार्यसूची



काठमाडौं
प्रतिनिधिसभाको बैठक आज पनि बस्ने भएको छ । बैठक दिउँसो १ बजे सघीय सांसद भवन नयाँबानेश्वरमा बस्ने संसद सचिवालयले जनाएको छ ।
आजको बैठकमा मुख्यगरी ३ विषयमा छलफल हुने सचिवालयले जनाएको छ ।
बैठकमा शिक्षा तथा स्वास्थ्य सभापति जयपुरी घर्तीले योगमाया आयुर्वेद विश्वविद्यालय विधेयक सम्बन्धी समितिको प्रतिवेदन २०७९ पेस पहिलो कार्यसूचीमा रहेको छ ।
त्यस्तै कारागार विधेयक, २०७६ छलफलका लागि पेस हुने र आजै उक्त कारागार विधेयक पारितका लागि प्रस्ताव गरिने कार्यसूची रहेको छ । २९ मंसिर २०७६ मा संसदमा दर्ता भएको यो विधेयकमा खुला कारागारको अवधारणा र कैदीबन्दीलाई प्रजननको अधिकार लगायतका विषय समेटिएको छ ।
त्यस्तैगरी शिक्षामन्त्र देवेन्द्र पौडेलले मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालय विधेयकमाथि राष्ट्रिय सभाबाट भएको संशोधन प्रस्ताव गर्ने कार्यसूची समेत रहेको संसद सचिवालयले जनाएको छ ।



खबर सबै
-
‘कालो केश’मा असिम क्षेत्रीको फरक अवतार, दर्शकको रोजाइमा नयाँ गीत
-
एकैदिन तोलामा ३६ सय रूपैयाँ बढ्यो सुनको भाउ, आज कतिमा हुँदैछ किनबेच?
-
लुम्बिनी प्रदेशमा आजदेखि संविधान दिवसका कार्यक्रम सुरु
-
सालझन्डी–ढोरपाटन सडक ट्र्याक खुल्यो, बनेन पक्की
-
३० बलमै शतक ठोकेर भारतीय ओपनर अभिषेक शर्माले तोडे विश्व कीर्तिमान
-
नयाँ डिजाइनको ५० रुपैयाँको नोट आजदेखि चलनचल्तीमा
-
सालझन्डी–ढोरपाटन सडक ट्र्याक खुल्यो, बनेन पक्की
-
३० बलमै शतक ठोकेर भारतीय ओपनर अभिषेक शर्माले तोडे विश्व कीर्तिमान
-
नयाँ डिजाइनको ५० रुपैयाँको नोट आजदेखि चलनचल्तीमा
-
भारत लैजान लागिएका दुई किशोरीको नरैनापुरबाट उद्धार
-
अफवाह नफैलाउन र धार्मिक सहिष्णुता कायम राख्न कपिलवस्तु प्रशासनको अपिल
-
कृष्णभीरको सडक खुलेसँगै काठमाडौँ उपत्यकामा ग्यास पूर्ववत मूल्यमै बिक्री हुने






प्रतिक्रिया