

क्यालिफोर्नियामा डढेलो अनियन्त्रित भएपछि आपतकाल घोषणा



एजेन्सी
अमेरिकाको क्यालिफोर्निया राज्यमा डढेलो अनियन्त्रित भएपछि आपतकाल घोषणा गरिएको छ ।
योसेमिटी राष्ट्रिय निकुञ्ज नजिक गएको शुक्रवारदेखि लागेको डढेलो २४ घण्टा बितिसक्दा पनि नियन्त्रणमा नआएपछि आपतकाल घोषणा गरिएको बीबीसीले जनाएको छ ।
डढेलो नियन्त्रणमा लिन अग्नि नियन्त्रकहले प्रयास गरिरहेका छन् । डढेलोबाट मानवीय क्षति नहोस् भन्ने उद्देश्यले जोखिम क्षेत्रका ३ हजार मानिसहरुलाई सुरक्षित ठाउँमा सारिएको छ भने डढेलोका कारण १० वटाभन्दा धेरै घर जलेर जष्ट भएका छन् ।
डढेलो ११ हजार ९०० एकड जमिनमा फैलिइसकेको छ । यसलाई अमेरिकाकै सबैभन्दा ठूलो सक्रिय डढेलो भनिएको छ । क्यालिफोर्नियाको वारुण विभागले विस्फोटक रूपमा आगो फैलिरहेकाले नियन्त्रणमा चुनौती रहेको बताएको छ ।
क्यालिफोर्नियाका गभर्नर गभिन न्युसोमले सुक्खासँगै गर्मी मौसमका कारण आगो फैलिएको बताउनु भएको छ ।


खबर सबै
-
प्रधानमन्त्री बालेनले बोलाए मन्त्रिपरिषद् बैठक
-
पृथ्वीको तापक्रम बढ्ने, जलवायु संकट थप गम्भीर हुने राष्ट्रसंघको चेतावनी
-
तीन दिनदेखि सम्पर्कविहिन पाल्पाका दुई युवा मृत फेला, रूपन्देहीकाे खोलामा शव भेटियो
-
सर्वोच्च अदालतमा आगलागी
-
बैंकिङ प्रणालीबाट १८ अर्ब तान्दै राष्ट्र बैंक
-
एसीसी प्रिमियर कपमा नेपालको लगातार दोस्रो जित






प्रतिक्रिया