

आगामी निर्वाचनमा देशको बागडोर लिनबाट कसैले रोक्न सक्दैन : प्रचण्ड



काठमाडौं
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी निर्वाचनमा माओवादीलाई देशको बागडोर लिनेबाट कसैले रोक्न नसक्ने दाबी गरेका छन् । जसपाबाट माओवादी प्रवेश गर्ने नेता कार्यकर्तालाई पार्टी कार्यालय पेरिसडाँडामा स्वागत गर्दै प्रचण्डले आगामी निर्वाचनमा बलियो पार्टीको स्थापित हुने बताए ।
‘माओवादी कमजोर भए संघीय लोकतान्त्रिक गणतन्त्र बलियो हुन सक्दैन । यो देशका जाति जनजाति,आदिवासी, दलित, महिला, मुस्लिम सबै श्रमजीवी जनताको हक अधिकार स्थापित हुँदैन’ प्रचण्डले भने, ‘पर्सामा माओवादी कमजोर छ । यो पार्टी प्रवेशले नयाँ उत्साह थप्ने छ । आउने निर्वाचनमा माओवादीलाई यो देशको बागडोर लिनबाट कसैले रोक्ने छैन ।’
पार्टी प्रवेश गरेर आउने नेता कार्यकर्तालाई विना आग्रह विना हिचकिचाहट जिम्मेवारी दिने प्रचण्डले बताए । पार्टीमा भएका नयाँ र पुराना सबै नेता कार्यकर्ता हार्दिकतापूर्वक मिलेर काम गर्ने बताए ।
नागरिकता संशोधन विधेयक माओवादीकै जोडबलमा संसदबाट पास हुन लागेको प्रचण्डले बताए । ‘मैले संसदमा नागरिकता विद्येयक पेश गरेर हल गरिनेछ भनेको थिए । हाम्रै जोडबलमा अहिले नागरिकका समस्याका विषयमा निर्णय हुँदैछ ’ प्रचण्डले भने, ‘त्यसमा हाम्रो पार्टीले ह्वीप पनि जारी गरेको छ । म उपस्थित हुन जानुछ ।’


खबर सबै
-
‘कालो केश’मा असिम क्षेत्रीको फरक अवतार, दर्शकको रोजाइमा नयाँ गीत
-
एकैदिन तोलामा ३६ सय रूपैयाँ बढ्यो सुनको भाउ, आज कतिमा हुँदैछ किनबेच?
-
लुम्बिनी प्रदेशमा आजदेखि संविधान दिवसका कार्यक्रम सुरु
-
सालझन्डी–ढोरपाटन सडक ट्र्याक खुल्यो, बनेन पक्की
-
३० बलमै शतक ठोकेर भारतीय ओपनर अभिषेक शर्माले तोडे विश्व कीर्तिमान
-
नयाँ डिजाइनको ५० रुपैयाँको नोट आजदेखि चलनचल्तीमा
-
सालझन्डी–ढोरपाटन सडक ट्र्याक खुल्यो, बनेन पक्की
-
३० बलमै शतक ठोकेर भारतीय ओपनर अभिषेक शर्माले तोडे विश्व कीर्तिमान
-
नयाँ डिजाइनको ५० रुपैयाँको नोट आजदेखि चलनचल्तीमा
-
भारत लैजान लागिएका दुई किशोरीको नरैनापुरबाट उद्धार
-
अफवाह नफैलाउन र धार्मिक सहिष्णुता कायम राख्न कपिलवस्तु प्रशासनको अपिल
-
कृष्णभीरको सडक खुलेसँगै काठमाडौँ उपत्यकामा ग्यास पूर्ववत मूल्यमै बिक्री हुने






प्रतिक्रिया