

राष्ट्रपति र प्रधानमन्त्रीद्वारा भारतीय नवनिर्वाचित राष्ट्रपतिलाई बधाई



एजेन्सी
राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवाले भारतीय राष्ट्रपतिमा निर्वाचित द्रौपदी मुर्मूलाई बधाई तथा सफल कार्यकालको शुभकामना दिएका छन् । ट्वीटरमार्फत राष्ट्रपति भण्डारीले द्रौपदीको कार्यकालमा दुई देशबीचको सहकार्यले नयाँ उचाई प्राप्त गर्ने विश्वास व्यक्त गरेकी छन् ।
राष्ट्रपतिको ट्वीटरमा भनिएको छ, ‘मित्रराष्ट्र गणतन्त्र भारतका पन्ध्रौँ राष्ट्रपति निर्वाचित हुनुभएकोमा महामहिम द्रौपदी मुर्मूज्यूलाई म हार्दिक बधाई तथा शुभकामना ज्ञापन गर्न चाहन्छु । यहाँको कार्यकालमा हाम्रा दुई देशबीचको सहकार्यले नयाँ उचाई प्राप्त गर्नेमा म पूर्ण विश्वास व्यक्त गर्दछु ।’,
यस्तै प्रधानमन्त्री देउवाले पनि मूर्मको कार्यकालमा दुई देशबीचको सम्बन्धले थप उचाइमा पुग्ने विश्वास व्यक्त गरेका छन् । मुर्मू बिहीबार भारतीय राष्ट्रपतिमा भारी मतका साथ विजयी भएकी हुन् । उनको शपथ २५ जुलाईमा हुनेछ ।


खबर सबै
-
प्रधानमन्त्री बालेनले बोलाए मन्त्रिपरिषद् बैठक
-
पृथ्वीको तापक्रम बढ्ने, जलवायु संकट थप गम्भीर हुने राष्ट्रसंघको चेतावनी
-
तीन दिनदेखि सम्पर्कविहिन पाल्पाका दुई युवा मृत फेला, रूपन्देहीकाे खोलामा शव भेटियो
-
सर्वोच्च अदालतमा आगलागी
-
बैंकिङ प्रणालीबाट १८ अर्ब तान्दै राष्ट्र बैंक
-
एसीसी प्रिमियर कपमा नेपालको लगातार दोस्रो जित






प्रतिक्रिया